समाज, समुदाय र राष्ट्रका लागि केही योगदान गरेर गएका व्यक्तिहरूको सम्झनामा त्यस्ता व्यक्तिहरूको जीवनका विभिन्न पक्षलाई समेटेर बाँचेकाहरूले स्मृतिग्रन्थ प्रकाशन गरिदिने परम्परा छ । त्यस्ता व्यक्तिहरू समाजसेवी, साहित्यकार, राजनीतिज्ञ, वैज्ञानिक, अनुसन्धानदाता जोकोही हुनसक्छ । यस्तै वर्गमा पर्न आएका व्यक्तिमध्ये एकजना हुनुहुन्छ देवीबहादुर केसी । यो स्मृतिग्रन्थ उहाँकै स्मृतिमा तयार पारिएको छ । देवबहादुर केसी ओखलढुङ्गाका प्रजातन्त्र सेनानी हुनुहुन्थ्यो । उहाँ नेपाली काङ्ग्रेसको प्रतिबद्ध नेतासमेत हुनुहुन्थ्यो । प्रारम्भमा शिक्षण पेशा अँगालेका उहाँ नेपाली काङ्ग्रेसको भ्रातृ सङ्गठन तरुण दलमा सदस्य बनेकै कारण निष्काशनमा पर्नुभयो ।
उहाँको जागिर गएको मात्र होइन उहाँले जेलनेलको सजाय र अनेकौं यातनासमेत भोग्नुपर्यो, मुद्दामामिलासमेत गर्नुपर्यो तर प्रजातन्त्र आएपछि आफूले चाहेको व्यवस्थामा रहेर जिल्लाकै पार्टी संगठनमा प्रतिबद्धताका साथ लाग्नुभयो भने जिल्ला विकास समितिमा पनि रहेर काम गर्नुभयो । गतवर्ष उहाँको निधन भयो । उहाँको वर्षदिन सन्दर्भ पारेर हालैमात्र प्रकाशित भएको छ ‘स्मृतिमा प्रजातन्त्र सेनानी देवीबहादुर केसी’ शीर्षकमा । यस पुस्तकको प्रकाशक उहाँकी धर्मपत्नी सुशीला केसी हुनुहुन्छ भने यसको सम्पादन साहित्यकार तथा पत्रकार विनोद दाहालले गर्नुभएको छ ।
आफ्ना अग्रजप्रतिको सम्मान, स्मृति र संस्मरण व्यक्त गर्ने उहाँका सन्ततिहरूको यो प्रयास अत्यन्त प्रशंसनीय तथा धन्यवादका पात्र हुनुहुन्छ । यसरी नै आफ्ना अग्रजहरूका असल कर्मको संस्मरण गर्न अरूलाई पनि प्रेरणा प्राप्त भएको छ । यो प्रशंसनीय कार्य हो ।
डिएमआई साइजमा छापिएको पुस्तकको प्रकाशन २०८२ साल पुसमा भएको छ । प्रकाशकमा सर्वाधिकार रहेको यस पुस्तकको मूल्य संस्थागत रूपमा १००० छ भने व्यक्तिगत रूपमा ५०० छ । यस पुस्तकमा तौलयुक्त पहेँलो कागज प्रयोग भएको छ । छपाइस्तरीय छ भाषिक अशुद्धिहरू कमै मात्र पाइन्छन् तर काहीँकतै प्राविधिक कमजोरी फेला पर्छन् । यसको लेआउट रविन्द्र घिमिरे र पहाडी तुलाधरले गर्नुभएको छ । सिफ्ट नेपाल प्रिन्टिङ तथा सप्लायर्स मित्रपार्क चाबेलमा यसको मुद्रण भएको छ । आवरणमा दिवंगत देवीबहादुर केसीको तस्वीर राखिएको छ । पृष्ठ आवरणमा ओखलढुङ्गाको उहाँको गाउँ देखाइएको छ । आवरण पृष्ठको भित्रपट्टि उहाँको घर देखाइएको छ ।
यस पुस्तकको भूमिकाखण्डमा नेपाली काङ्ग्रेसका सभापति गगन थापा, वरिष्ठ नेता शेखर कोइराला, नेता बालकृष्ण दाहाल, रामहरि खतिवडा, तेजन खनाल र जिल्ला समन्वय समितिका प्रमुख टेकराज भट्टराईको शुभकामना राखिएको छ । प्रकाशकीय छ र पुस्तकका सम्पादक विनोद दाहालको सम्पादकीय र विषयसूची दिएको छ । पुस्तकमा नौ भाग रहेका छन् । पहिलो भागलाई ‘अग्रभाग’ भनिएको छ । जसमा प्राडा. शङ्करप्रसाद खनाल, डा.भेषनाथ खनाल, नवराज गुरुङ र लीलारमण दाहालका लेख समेटिएको छ ।
भाग दुईमा ‘राजनीतिज्ञहरूका दृष्टिमा देवीबहादुर केसी’रहको छ र यसअन्तर्गत २३ जना राजनीतिज्ञका रचना समेटिएका छन् । जसमा रामहरि खतिवडा, चन्द्रकान्त दाहाल, प्रदीपकुमार सुनुवार, टेकराज भट्टराई, तेजेन्द्र खनाल, खिलनाथ अधिकारी, बालकृष्ण दाहाल, गोमा केसी, दानबहादुर बानियाँ, तारा कार्की, दिलकुमारी खतिवडा, अजय लुइँटेल, राजकुमार ढुङ्गाना, हरिप्रसाद दाहाल, अशोक कार्की, धनबहादुर बानियाँ, जयप्रसाद दाहाल, भक्तबहादुर कटवाल, टीकाबहादुर बुढाथोकी, बलबहादुर कार्की, मन्दिरा दाहाल, फणिन्द्रबहादुर केसी र विनोदकुमार केसीका रचनाहरू समावेश भएका छन् ।
भाग तीनमा ‘शिक्षासेवीहरूका दृष्टिमा देवीबहादुर केसी’ शीर्षक छ । यसअन्तर्गत उत्तरकुमार कटवाल, एकराज दाहाल, डिकबहादुर कार्की, दाताराम लुइँटेल, नन्दलाल गिरि, मधुसूदन ओझा, माधवप्रसाद लुइँटेल, मुना लिम्बु र सोमनाथ घिमिरेका लेख छन् । भाग चारमा ‘शुभचिन्तकका दृष्टिमा’ देवीबहादुर केसी शीर्षक छ । जसअन्तर्गत दशजना व्यक्ति तथा संस्थाका रचना संलग्न गराइएको छ । जसमा जीवनाथ धमला, ध्रुवप्रसाद दाहाल, सीताराम कार्की, चूडामणि दाहाल, भानुभक्त अधिकारी, नीलहरि दाहाल, यशोदा खतिवडा वाग्ले, भावकेशर मल्ल, बलबहादुर भुजेल र असिने सेवा समाज छन् ।
भाग पाँचको शीर्षक ‘परिवारजनका दृष्टिमा देवीबहादुर केसी’ रहेको छ । देवीबहादुरका परिवारजनका बीसवटा लेख रचना समेटिएका छन् । जसअन्तर्गत सुशीला केसी, प्रदीप केसी, निरुता केसी, प्रतिमा केसी, सुदीप केसी, अञ्जु केसी, राहुल केसी, प्रवीण बानियाँ, सुप्रिम केसी, रुद्रप्रसाद खनाल, धर्मप्रसाद खनाल, प्रेमकुमार केसी, मीना केसी, उत्सव केसी, रमेश खनाल, कृष्णप्रसाद खनाल, बोधकुमार खनाल, दीपक खनाल, कृष्णप्रसाद खनाल र तिलकप्रसाद खनाल रहनुभएको छ । भाग छ ‘आफन्तजनका दृष्टिमा देवीबहादुर केसी’ शीर्षकमा रहेको छ । जसमा ध्रुव केसी, कोपिला खतिवडा, राजकुमार खड्का, मन्दिरा खड्का, अञ्जना केसी, आशिष महर्जन, रानीका केसी, उमा केसी र रीता श्रेष्ठका १० वटा रचना समावेश भएका छन् ।
भाग सातमा ‘कविहरूका दृष्टिमा देवीबहादुर केसी’ शीर्षक छ । यसअन्तर्गत महाप्रसाद खनाल, जयबहादुर श्रेष्ठ, अनन्ता खनाल, बिएन मायालु, प्रतिमा केसी र सुप्रिम केसीका कविताहरू समावेश छन् । भाग आठको शीर्षक ‘देवीबहादुर केसीका मौलिक रचना’ छ । यसअन्तर्गत उहाँले रचना गर्नुभएका चारवटा छोटाछोटा कविताहरू समावेश भएका छन् । अन्त्यमा भाग नौमा ‘तस्वीरमा देवीबहादुर केसी शीर्षक छ । उहाँका एकल, पारिवारिक तथा उहाँले प्राप्त गर्नुभएका प्रमाणपत्रका तस्वीर संलग्न गरिएको छ । आफ्ना अग्रजहरूप्रतिको सम्मान, स्मृति र संस्मरण व्यक्त गर्ने उहाँका सन्ततिको प्रयास अत्यन्त प्रशंसनीय छ र धन्यवादका पात्र हुनुहुन्छ । यसबाट यसरी नै आफ्ना अग्रजका असल कर्मको संस्मरण गर्न अरूलाई प्रेरणा प्राप्त भएको छ । यो प्रशंसनीय कार्य हो ।






निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि