के तपाइँलाई थाहा छ ? वास्तवमा लागूऔषध सेवनकर्ताले भन्दा बढी पीडा उनको वरिपरिको व्यक्तिले सहनुपर्छ । यसो कुनै दृष्टान्त लिने हो भने...एउटा केटो दैनिक रूपमा लागूऔषध प्रयोग गर्छ मानिलिऊँ उसलाई लत लागिसकेछ । अब कुनै समय उनी नसाबाट बाहिर छन् भने सो केटोको ध्यान केवल त्यही चिज पाऊँ भन्नेमात्र हुन्छ । ऊसँग सामान किन्नलाई पैसाको अभावले आज चोरी गर्न सुरु गर्छ अर्को दिन लुटपाट । घरका जुनै सदस्य पनि उनको सिकार बन्न सक्छन् । सो व्यक्तिले शारीरिक र मानसिक तनाव र यातना दिन थाल्छ । उनी नसैनसामा मर्न र मार्न पछि पर्दैनन् । ‘आमा मलाई दुई हजार देऊ त...‘थैलीमा नुन तेल किन्न भनी जम्मा गरेकी हुन्छिन् होलिन् र पनि छोरालाई चाहिएको होला भनी एकै पटकमा दिन्छन् ।
यो समस्या केवल एउटा परिवारले भोग्ने विषय होइन । भोलिका दिनमा यसले सम्पूर्ण समाजमा गहिरो असर पार्न सक्छ भन्ने कुरामा हामी स्पष्ट हुन आवश्यक छ । आज यो समस्या तपाईंको घरमा नहोला तर भोलि हुँदैन भनेर ठोकुवा गर्न सकिँदैन किनकि यो हाम्रो जीवनमा भेटिन सक्ने धेरै गलत बाटाहरूमध्ये एक हो ।
कुनै दिन आमाले छैन मसँग पैसा कहाँबाट दिऊँ भनिन् भने, ‘किन जन्मायौ त छोराको यति सानो आवश्यकतालाई पूरा गर्न सक्दिनौ भने’ भनेर भन्छ । बिस्तारै ऊ परिवारबाट टाढिन थाल्छ । अनि एक मध्यरातसम्म आमा छोरो कुरेर बस्छिन्, फोन लगाउँछिन्, आत्तिन्छन् । बिहान भइसक्दा पनि छोराको घर आउने सुरसार हुँदैन । उता छोरा भने सुई हानेर कहाँ कुन नालीमा रातभरि बेहोसीमा लडिरहेको हुन्छ । बिस्तारै समाजले सुनाउन थाल्छ...ए फलानोको छोरो ट्यापे छ । कुनै दिन कसैसँग झगडा हुनसक्छ । केटो दुई तीन दिनपछि फर्कन्छ र फेरि आमा बुबासँग पैसा माग्न थाल्छ । ‘दिने भए देऊ होइन भने दुबै जनाको ज्यान जान सक्छ’ भनेर धम्क्याउँछ ।
के यसरी आफ्नाबाटै डराएर बस्नुपर्ने हो त ? लतमा परेको व्यक्ति त्यस्तो पदार्थ प्रयोग गरेर आफ्नो दुःख, तनाव र यथार्थबाट केही समयका लागि भाग्छ तर नलिने व्यक्तिले सधैँ सबै कुरा होसका साथ सहेर बस्नुपर्छ । जबकि लतमा परेको व्यक्ति उत्तरदायित्वबाट टाढा रहन्छ । तब उनी वरिपरिका नलिने व्यक्तिलाई मानसिक रूपमा थकित बनाउँछ, लतमा परेको व्यक्तिको व्यवहारले निरन्तर डर र त्रास पैदा गरिरहन्छ । आजको समयमा लागूपदार्थ सेवनलाई बेवास्ता गरेर छोड्ने हो भने अनपेक्षित र घातक घटना घट्न सक्छन् । एउटै व्यक्तिको कारणले निर्दोषको ज्यान अकालमै जान सक्छ । यसले केवल आफ्ना र आफन्तलाई मात्र होइन, सम्पूर्ण समाजलाई पीडा दिनसक्छ ।
त्यसैले यस विषयमा ध्यानाकर्षण गर्नु र सबैमा चेतना जागृत गर्नु अति आवश्यक छ । कुनै नौलो विषय वा नयाँ समस्या होइन तर पनि यस्ता समस्याको समाधान हामी आफैँले खोज्नुपर्ने समय आएको छ । हामी घरछिमेकमा लतमा परेको व्यक्तिले र उनको परिवारले कति पीडा भोग्नुपर्छ भन्ने देखिरहेका हुन्छौँ । हामी पीडा देख्छौँ, सहानुभूति पनि व्यक्त गर्छौं, तर ‘अब कसरी बाँच्ने ?’ र ‘कसरी बचाउने ?’ भन्ने प्रश्नमा कसैले सही सल्लाह दिँदैनन् । बरू उल्टै गाली गर्ने, तिरस्कार गर्ने र दोष थोपर्ने प्रवृत्ति बढ्दो छ ।
यो समस्या केवल एउटा परिवारले मात्र भोग्ने विषय होइन । भोलिका दिनमा यसले सम्पूर्ण समाजमा गहिरो असर पार्न सक्छ भन्ने कुरामा हामी स्पष्ट हुन आवश्यक छ । आज यो समस्या तपाईंको घरमा नहोला तर भोलि हुँदैन भनेर ठोकुवा गर्न सकिँदैन किनकि यो हाम्रो जीवनमा भेटिन सक्ने धेरै गलत बाटाहरूमध्ये एक हो । त्यसैले यस्ता समस्यालाई लुकाएर, ढाकछोप गरेर, ‘अरूले के भन्लान् ?’ भन्ने डरले थामेर नराखौँ । बरू समयमै सहयोगका लागि अपिल गरौँ । यदि सही समयमा साथ र उपचार पाइयो भने, कसैको जीवन फेरि परिवर्तन हुनसक्छ, उसको उद्धार सम्भव छ । आवाज उठाउन नडराऔँ । सबैले आआफ्नो क्षेत्रबाट सक्दो प्रयास गरौँ । आफ्ना लेख, नृत्य-नाटक, गीतसङ्गीत, चित्रकला आदिका माध्यमबाट पनि हामी उद्धारका बाटाहरू देखाउन सक्छौँ । (रोक्का भेनस नेसनल कलेजकी छात्रा हुनुहुन्छ ।







भारतले नेपाललाई दैनिक ६५४ मेगावाट
प्रधानमन्त्री राहत कोषमा रु १३
छापा माध्यमको संकट र अनलाइन
रसुवा बाढीका ३४१ बिरामीमध्ये २७८
उदितनारायणको परिवारद्वारा विपद् कोषमा पाँच
अस्पतालको गेटमै प्रसूति गराउने बवितालाई