काठमाडाैं । नेपाली राजदूतावास, तेल अबिबले मध्यपूर्वमा विकसित पछिल्लो घटनाक्रम र सुरक्षा अवस्थालाई मध्यनजर गर्दै इजरायलमा रहेका नेपाली नागरिकहरूका लागि विशेष सुरक्षा एड्भाइजरी जारी गरेको छ।
दूतावासले इजरायलमा बसोबास तथा कार्यरत सम्पूर्ण नेपालीलाई उच्च सतर्कता अपनाउन र आवश्यक पूर्वसावधानीका उपायहरू पालना गर्न आग्रह गरेको जनाएको छ। जारी सूचनामा स्थानीय सुरक्षा निकायका निर्देशनहरूको कडाइका साथ पालना गर्न, अनावश्यक रूपमा भीडभाड हुने स्थानमा नजान तथा आकस्मिक परिस्थितिका लागि सुरक्षित आश्रयस्थलको जानकारी राख्न अनुरोध गरिएको छ।
साथै, सम्भावित आपत्कालीन अवस्थाका लागि आफ्नो मोबाइल सधैं सक्रिय राख्न, दूतावाससँग नियमित सम्पर्कमा रहन र आधिकारिक स्रोतबाट मात्र सूचना लिन पनि अपिल गरिएको छ। दूतावासले आवश्यक परेमा थप निर्देशन तथा सहयोग उपलब्ध गराइने स्पष्ट पारेको छ।
मध्यपूर्व क्षेत्रमा देखिएको सुरक्षा संवेदनशीलताका कारण दूतावासले नेपाली समुदायलाई अफवाहमा नलाग्न र संयमित रहन विशेष आग्रह गरेको छ।








बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच