काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै शनिबार काठमाडौं उपत्यकामा जनसम्पर्कसहित ‘घण्टी अभियान’ सञ्चालन गरेको छ।
अभियान शनिबार बिहान पशुपतिनाथ मन्दिरबाट सुरु भई उपत्यकाका विभिन्न स्थान हुँदै साँझ बनस्थली चोकस्थित पार्टीको केन्द्रीय कार्यालय (घण्टी घर) मा पुगेर समापन गरिएको थियो। दिनभरि काठमाडौंका मुख्य सडक र चोकहरूमा र्यालीसहित प्रचार–प्रसार कार्यक्रम सञ्चालन गरिएको पार्टीले जनाएको छ।
कार्यक्रममा पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन शाह, उपत्यकाका उम्मेदवारहरू, नेता–कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य सहभागिता रहेको थियो।
निर्वाचन नजिकिँदै जाँदा मतदाता केन्द्रित गतिविधि तीव्र बनाउँदै रास्वपाले उपत्यकामा अभियानलाई थप विस्तार गर्ने संकेत दिएको छ।












बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच