काठमाडौं । कपन १० बालुवाखानीस्थित रिलायन्स कोएडले दशौं अभिभावक दिवस विशेष कार्यक्रमको आयोजन गरी मनाएको छ । कार्यक्रममा रिलायन्स एजुकेशन नेटवर्कअन्तर्गतको कोएडमा अहिले एक हजारभन्दा बढी विद्यार्थीहरू अध्ययन गरिरहेको हुनाले यो क्षेत्रमा यो विद्यालयप्रति आकर्षण वढेको जानकारी प्रधानाध्यापक दशरथ ज्ञवालीले दिनुभएको थियो ।
कार्यक्रममा सभापतिको आसनबाट बोल्दै रिलायन्स एजुकेशन नेट वर्कका अध्यक्ष तथा रिया कलेजका प्राचार्य रवीन्द्रजंग थापाले नेट वर्कअन्तर्गत यतिखेर चारवटा माध्यमिक विद्यालयसहित दुईटा कलेज सञ्चालनमा रहेको, नर्सरीदेखि माष्टर डिग्रीसम्म पढाइ भइरहेको विद्यालयले स्तरीय शिक्षामा जोड् दिएको विचार प्रकट गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि हिमालय टाइम्सका प्रधान सम्पादक, वरिष्ठ पत्रकार तथा साहित्यकार प्रा.पुरुषोत्तम दाहालले अभिभावकहरूले नै घरमा पहिलो शिक्षा दिने हुनाले आफ्नो सन्तानलाई दुर्यौधन बनाउने कि युधिष्ठीर सोच्नुपर्छ भन्दै व्यवहार र आचरणबाट असल मानिसको परिचय हुने विचार व्यक्त गर्नुभएको थियो । ‘विद्यालयले अनुशासन, अनुसन्धान, सीप र योग्यताको दिग्दर्शन हुनेगरी शिक्षा दिनसके देशले योग्य नागरिक प्राप्त गर्ने छ’, उहाँले भन्नुभयो ।
योग शिक्षक, रिलायन्स इन्टरनेसलका सहप्राचार्य दामोदर निरौलाले ध्यान र योगको महत्व दर्शाउँदै उपस्थित सबैलाई ध्यान गराउनु भएको थियो । कार्यक्रममा विओडि राजुकुमार शिवाकोटीले विद्यार्थी, अभिभावक, शिक्षक र कर्मचारीको समवेत प्रयासले नै विद्यालय स्तरीय शिक्षा दिन समर्थ भएको बताउनुभएको थियो भने अभिभावकका तर्फबाट सुशीला ढकालले विद्यालयले अत्यन्त राम्रोसँग शिक्षा दिइरहेको हुनाले आफ्ना सन्तानहरूले राम्रोसँग शैक्षिकसत्र पूरा गरेको बताउनुभयो ।
विद्यालयकी शिक्षिका विना सिंह शाहीले विद्यालय, शिक्षा र अनेक नैतिक र आध्यात्मिक पक्षको चर्चा गर्दै कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने विद्यार्थीहरूले थारू, तामाङ, काफ्ले, धिमे, मारुनी, कौडा, चिनियाँ नृत्य, जुम्वा र योगसहित आर्केष्ट्रा, आदि अनेक सुन्दर गीत, नृत्य र संगीत प्रस्तुत गरेका थिए । विद्यार्थीहरूले शिक्षामूलक नाटकसमेत प्रस्तुत गरेका थिए ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि