काठमाडौं । नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सम्पन्न भएको छ । आयोजकका अनुसार, ग्लोबल म्याथ डिबेट लिगद्वारा आयोजित राष्ट्रिय चरण ललितपुरमा सम्पन्न भएको हो । झापा, विराटनगर, चितवन, लुम्बिनी, पोखरा र काठमाडौंबाट सुरु भएको शैक्षिकयात्रा राष्ट्रियस्तरको सर्किटका रूपमा विस्तार हुँदै आएको थियो । गणित विषयमा नयाँ ढंगले तर्क र बहस गर्ने नेपालको पहिलो मञ्चका रूपमा यसले विशेष पहिचान बनाउन सफल भएको छ ।
शैक्षिक संस्था एमबार्क अनम्याथको नेतृत्वमा सञ्चालित अभियानले विद्यालयमा गणित पढाउने र बुझ्ने परम्परागत शैलीलाई फरक आयाम दिएको आयोजकको दाबी छ । जारी विज्ञप्तिमा भनिएको छ, ‘यहाँ छिटो उत्तर निकाल्नु वा सही जवाफ दिनुमात्र महत्वपूर्ण हुँदैन, विद्यार्थीले आफ्नो उत्तर किन सही हो भन्ने स्पष्ट रूपमा व्याख्या गर्नुपर्छ । अरूको तर्कमा प्रश्न उठाउँदै आफ्नो धारणा तार्किक र सुस्पष्ट रूपमा प्रस्तुत गर्नुपर्ने हुन्छ । त्यसकारण यो प्रतियोगितालाई परम्परागत परीक्षाभन्दा फरक र शैक्षिक समीक्षाको अभ्यासका रूपमा हेरिएको छ ।’
आयोजकका अनुसार, क्षेत्रीय चरणहरू सम्पन्न भएपछि झापा, विराटनगर, चितवन, पोखरा र बुटवलबाट उत्कृष्ट टोलीहरू राष्ट्रिय मञ्चमा प्रतिस्पर्धाका लागि पुगेका थिए । अल्फा क्याटेगरीमा १३ टोली र बिटा क्याटेगरीमा १४ टोली च्याम्पियनसिप चरणमा प्रवेश गरेका थिए । जसले प्रतियोगिताप्रति बढ्दो रुचि र प्रतिस्पर्धाको स्तर स्पष्ट देखाएको छ । राष्ट्रिय च्याम्पियनको अल्फा क्याटेगरीको पहिलो स्थानमा प्रिमियर इन्टरनेसनल आइबी कन्टिन्युम स्कुल, मानव सांघाई, आँश रुँगटा, विवान अग्रवाल, दोस्रो स्थानमा काठमाडौं प्रज्ञा कुञ्ज स्कुल, आध्या थापा, अनुप्रेक्षा खतिवडा, विधेयक ढकाल तथा तेस्रो स्थान नामी इन्टरनेसनल स्कुलबाट श्रेयसी आचार्य, काव्य श्रीवास्तव र अक्षज पराजुलीले प्राप्त गरेका छन् ।
बिटा क्याटेगरीमा पहिलो स्थान न्यू होराइजन इङ्लिस बोर्डिङ सेकेण्डरी स्कुल, प्रस्तुति नेपाल, सम्राज्ञी बेलबासे, प्रेक्षा खनाल, दोस्रो स्थान प्रिमियर इन्टरनेसनल आइबी कन्टिन्युम स्कुल, आयुष्मान अग्रवाल, आगमन गौतम, ओसिन श्रेष्ठ तथा तेस्रो स्थान(संयुक्त) राई स्कुलका विपुल दुवे, गौरांश त्यागी, ओजस झा तथा कुमुदिनी होम्स सेकेण्डरी स्कुलबाट संस्कृति गैरे, आदित्य खत्री, प्रतिष्ठा केसीले प्राप्त गरेको बताइएको छ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि