गत माघ ६ गतेबाट क्रमशः
रोजिताका कुरा सुन्दा उनमा निकै आत्मविश्वास भरिएका जस्तो आभाष भयो । हिजो र आजकी राजितालाई तुलना गर्दै मैले राम्ररी हेरेँ र नारीको बहुआयमिक रूपमा विचार गरेँ । हिजो रुदै हिँडेकी मान्छे आज यति प्रसन्न ? मैले उनलाई एकटकले हेरेँ । मैले यसरी हेरेको सायद अनुभूत भयो कि ? उनले ‘खै आकाश बाबु कसरी निकास निकाल्ने यहाँ आफू र विष्णुको यो हाल छ घरमा सबै आनन्द मनाउँदै व्यस्त देखिन्छन्’ भनिन् र सम्वाद सुरु गरिन् । उनको भनाइ सुनेर मैले ‘खै भाउजु विष्णुबाट केही हुने छाँट देख्दिन तसर्थ अब के गर्ने समय एकदमै कम छ गम्भीर भएर कदम चालौँ’ भनेँ । मेरो भनाइमा सहमति जनाउँदै ‘हेर्नु न बाबु विष्णु त पुरै निराश भएर डिप्रेशन हुनलाग्यो भनेर भयावह कुरा गर्छन् म के गरौँ ? हिजो मैले अनुनय गरेँ विष्णुसँग रोए र रातभर घरमा गएर सोचैँ ।
अर्चिता मलाई कलेजमै सबैभन्दा राम्री लाग्ने हुनाले म उनीप्रति विशेष आकर्षित छु । मलाई लाग्छ, मैले प्रेम प्रस्ताव राख्दा उनले नाइ भन्ने छैनन् तथापि हाम्रोबीचका प्रेमको आइस ब्रेक भने हुनसकेको छैन । म जान्दछु उनी पनि मलाई प्रेम गर्छिन् तर भन्न सकेकी छैनन् । त्यसैले उनको र मेरोबीचमा कटाक्ष र मुस्कानमा प्रेम साटासाट हुन्छ । उनी मेरा कुरालाई कटाक्षमार्फत् उत्तर दिन्छिन् म उनको कटाक्षलाई मुस्कानले उत्तर दिन्छु ।
रोएर निकास निस्कदैन भन्ने निष्कर्ष निकालेँ तर के गर्ने समाजले नारी नामको मेरो हातमा हतकडी र गोडामा नेल ठोकेको छ’ भन्दै उनी धारा प्रभाव भन्न थालिन, ‘मैले समाजसँग विद्रोह गरेर विष्णुसँग विवाह गर्न सक्थेँ तर एकातिर आमाको माया छ भने अर्कोतिर समाजको बन्धनले विवश बनाइ दिन्छ । म विष्णु विहीन भएर बाँच्नु भनेको आफ्नै अस्मितासँग खेलबाड गर्नु हो भन्ने निष्कर्षमा पुगेकी छु त्यसैले म सहायता खोजिरहेकी छु । भरखरै मैले विष्णुलाई सुजितसँग मेरो विवाह भए पनि मन र आत्मा तिमीसँगै रहने भएकोले केवल लास समान भौतिक शरीरको मलाई के माया ? के प्रयोजन ? भनेँ । एउटी नारीले नारी भएकै नाताले समाज, कुटुम्ब अनि खानदानका नाममा आफूले प्रेम गरेको प्रेमीलाई छाडेर अर्कासँग अगाँलोमा बाधिनुपर्ने विधान कसले किन बनायो र त्यो विधान कहाँ छ ।
धर्म र शास्त्रका कुरा गर्ने समाज किन स्वयम्बरका रूपमा पति चुन्ने नारीहरूको अधिकारलाई आज कुण्ठित गर्दैछ ? पार्वती, सीतादेखि द्रौपदीसम्म सबैले आफैंले रोजेका पतिसँग दाम्पत्य जीवन विताएका इतिहासको बखान गरेर नथाक्नेहरू घरघरमा आफ्ना कयौँ सन्ततिलाई तड्पाइ रहेका छन् । म जस्ता सयौँ छोरीका जमातले यी सब कुरा बुझेर पनि अज्ञानी र मौन भएर रहनुपर्ने बाध्यता सिर्जना गर्ने यो समाज कति स्वार्थी र आडम्बरी छ ? यो आफैँमा प्रश्नवाचक भएको छ’ भनिन् ।
आफूले कल्पना गरेको भन्दा धेरै पृथक रोजिता भाउजुको लामो तर्क र कुरा सुनेर म छक्क परेँ । मैले भाउजुको प्रवचन सुनेर ‘अब तपाईंको विचारमा कसरी यो समस्याको समाधान होला ?’ प्रश्न गरेँ । उनले ‘त्यो जिम्मा पुरुष भएको नाताले तपाईं र विष्णुको हो । मैले त उनलाई आफैँलाई समर्पण गरेकी छु । उनले आफूलाई अर्पितलाई कसरी ग्रहण योग्य बनाउँछन् यो उनको जिम्मेवारी हो’ भनीन् । उनले यसो भन्ने वित्तिकै मैले विष्णुतिर हेरेँ उनी किं कर्तव्यविमूढको अवस्थामा देखिए ।
लामो समयदेखि केही नबोलेका विष्णुले सुस्केराकासाथ ‘खै कसरी समाधान निस्काल्ने रोजिता ! तिमी कतै गएर विवाह गरौँभन्दा पनि हुन्न भन्छ्यौ, म हिम्मत गरेर माग्न आउँछुभन्दा मेरो अपमान देख्न सक्दिन भन्छ्यौ । फेरि तिमीनै तँसँग प्रेम गर्छु र तँ विना जीवन निरर्थक हुन्छ तसर्थ म बाच्न पनि बाच्दिन भन्छ््यौ । म जादूगर त होइन ल भन ! म के गरौ ?’
रोजितालाई यति भनेर ‘आकाश ! रोजिताका कुराको समाधान छ त ?’ भनेर विष्णु मतिर फर्किए । विष्णुका कुरा सुनेपछि मैले रोजितालाई इंगित गर्दै ‘विष्णुको भनाइ अनुसार त वास्तवमा यसको निकास विष्णुले भन्दा भाउजुको हिम्मतमा छ जस्तो लाग्यो’ मलाई भनेँ । मैले यति भन्नासाथ ‘एउटा राम्रो निकास निकालौ न मैले खोजेको यत्ति हो’ भन्दै उनले घडी हेरिन् । घडी हेर्नासाथ उनलाई ढिलो भएको हामीले छनक पायौँ । यसैबेला विष्णुले ‘सबैभन्दा राम्रो रोजिताले आमालाई हामी भागेको नाटक गरेर पोखरा गएर विवाह गर्न मनाउन सके सारै राम्रो हुन थियो’ भने । विष्णुको कुरा सुनेर रोजिताले ‘असम्भव कुरामा किन सोच्ने ? तिमीलाई के थाहा मेरो घरमा कस्तो खिचडी पाकिरहेकोछ र म कसरी बाँचिरहेकी छु त्यो मलाई नै थाहाछ’ भनिन् र ‘आज ढिलो भयो मलाई भागी भनेर खोज्न आउन बेर छैन । म लागेँ । बरू भोलि म आजैकै समयमा आउछु तर कोहीपछि लाग्यो र कथं आउन सकिन भने अन्यथा नमान्नु पर्सि निर्कोसि म यही आजको समयमा आउनेछु । यहाँ आएर हरेक दिन चिया खाएर केहीक्षण प्रतीक्षा गर्न चै नछोडनु’ भन्दै बाटो लागिन् ।
यसपछि विष्णु र रोजिता भाउजुसँग मेरो केही दिन भेट भएन । सायद छ दिनका दिन बिहान विष्णु मेरा डेरामा निरास अनुहार लिएर आए । उनको अनुहार हेर्ने वित्तिकै मलाई केही अनिष्ट भएको अनुभूत भयो । मेरो डेरामा मैना दिदी खाना पकाउँदै देखेर उनले ससंकोच उनको डेरामा जान आग्रह गरे । मैले मैना दिदी तिर हेरेँ । दिदीले सदाझैँ विष्णुलाई देख्ने वित्तिकै चिया तयार पारिसक्नुभएछ । हतार हतार चिया पिएर म विष्णुसँग निस्किए । उनले डेरामा पुग्ने वित्तिकै ‘आकाश ! मलाई बचाउ मित्र ! यस्तै हो भने म बाच्न सक्दिन । डिप्रेशनमा गएर अर्ध पागल हुनुभन्दा त मर्नु नै निको होइन र !’ भनेर आँखा भरी आँसु पारे । म एकछिन एक न दुई भए । एकछिन् पछि मैले ‘होइन ! विष्णु तिमी अहिले नै किन निराश भएका मित्र ? हामीसँग अझैँ सयौँ उपाय छन्’ भनेँ । मैले यति भन्नसाथ उनले ‘अब रोजिताले नै विच्छेद (ब्रेक अप) गरौँ भनेपछि मेरो के लाग्छ । हिजो हामीले आफूसँग भएका सबै प्रेमपत्र र फोटाहरू हामी दुबैजनाले एकलाई अर्को साक्षी राखेर त्यही होटलमा बसेर च्यात्यौ र भावी जीवनमा कोही कसैको बाधक नबन्ने कसम खाएर हामी छुट्टियौँ । छुट्टिने बेलामा पनि रोजिताले मलाई अंगालोमा कसेर म तिमीलाई छोड्न सक्दिन, तिमीले धोका दियौ भन्दै खुवै रुइन् र अन्ततः मलाई हेर्दै नहेरी फुत्त निस्किएर हिँडिन्’ भने ।
विष्णुका कुरा सुनिसकेपछि मैले उनलाई यहाँ कोही कसैले धोका दिएको होइन केवल उपाय नभएपछि भाउजुले आत्म समर्पण गरेको मात्रै हो भनेर सम्झाए । मेरो कुरामा उनी पूर्णतः सहमत भएनन् र ‘होइन उनी धेरै निराश र विद्रोही भएकी छन् कतै विद्रोह भड्किएर आत्महत्यामा परिणत नहोस् किनकि यो कुराको मलाई पहिले पनि दुई–तीनपटक उनले संकेत दिइसकेकी छन्’ भने । उनले यसो भन्ने वित्तिकै मलाई पनि कताकता कुरा अलिक गम्भीर अवस्थामा पुगेको अनुभूत भयो । तुरुन्त मैले विष्णुलाई ‘यस्सै भएन उस्सै भएन म एउटा उपाय भन्छु तिमी पनि मान र भाउजुलाई पनि मनाऔँ है त’ भनेँ । समुद्र आँधीमा डुवेका जहाजका यात्रीको तैरँदै गर्दा अचानक किनाराको बत्तिदेख्दा मुहारमा प्रसन्नता छाएझैँ विष्णुको मुहारमा पनि उज्यालो देखियो । मैले यति भनिसक्दा नसक्दै विष्णुले ‘के उपाय भन न तिमीले सोचेको उपायलाई रोजिताले नाई अवश्य नभन्लिन्’ भने । मैले ‘अहिले भ्याइदैन म भरे भन्छु’ भन्दै निस्किए ।
म हत्तपत्त विष्णुको कोठाबाट निस्किएर डेरामा आउँदा मैना दिदी खाना पकाएर के गरौ को भावमा बसेकी रहिछन् । म कोठामा प्रवेश गर्नासाथ उनले ‘भाइलाई पखौँ कि जाउँ भनेर मलाई द्विविधा भएको बेला जानेजस्तै गरेर आइपुग्नु भयो’ भनिन् । ‘म दिदी वा गइसक्नु भयो कि भनेर हतार-हतार आएको’ भनेर मैले सहानुभूति लिन खोजेँ । उनले ‘किन भाइ केहीकाम छ र ?’ भनिन् । उनले यति भन्नासाथ मैले ‘दिदी तपाईंले आज मेरा लागि एउटा काम गर्नुपर्ने भएकोछ’ भनेँ । उनले ‘के काम भाइ चिठीको त होइन नी ?’ हास्दै भनिन् । मैले झस्कँदै ‘किन दिदी चिठी लैजान गाह्रो हुन्छ र ?’ भनेँ । दिदीले तुरुन्तै गाह्रो साह्रो जे भए पनि भाइको काम म गरिहाल्छु नि’ भनेर आश्वस्त बनाइन् । दिदीका कुराले ममा शक्ति सञ्चार भएको आभाष भयो ।
जे होस् हाम्रो प्रेमी मनले एकअर्कालाई चिनेको छ । मैले एकमनले अर्चितालाई एउटा चिठी दिनु पर्यो भन्ने सोच बनाए तर सम्बोधनमा अड्किए र चारवटा चिर्कटा बदले तथापि दिने हिम्मत गरिन । मैले लेख्दै चिर्कटा च्यात्तै गरेँ र अर्चिताको कटाक्षसँग मुस्कान साट्दै र त्यसको अर्थ खोज्दै आफूलाई बाध्ने कासिसमा लागिरहेँ ।
मैले ‘दिदी म एउटा चिठी दिन्छु त्यसलाई मैले खाना खाउन्जेलसम्म्मा रोजिताको हातमा पुर्याएर तुरुन्त उत्तर लिएर आउनु पर्यो’ भनेँ र उनलाई खाना पस्कन लगाए । दिदीले खाना पस्किँदै गर्दा मैले सादा कागजमा ‘भाउजु, अति आवश्यक काम विशेषले भेट्नुपर्ने भयो । आज तीनबजे सधैको ठाउँमा जसरी भए पनि भेटौँ । भेट्न नसकिने अवस्था भए पत्रबाहकमार्फत जानकारी पाउँ ।’ भनेर लेखे । मैले कही कतै कसैको नाम र ठाउँको नाम पनि लेखिन सोचैँ बुझ्नु पर्नेले बुझे पछि भइगयो नि । म पत्र तयार गरेर दिदीलाई दिँदै गर्दा ‘उनीलाई कसरी खोज्नु हुन्छ र दिनु हुन्छ ?’ दिदी भनेँ । मेरो प्रश्नमा उनले उपहास्य पारामा ‘ए ! म जाँदाजाँदै बाटैमा आजकल मैया सवारी चलाउनझैँ आइपुग्नु हुन्छ’ भनिन् र फिस्स हासिन् । ‘कथं देख्नु भएन भने एकछिन् दोकानमा उभिएपछि बार्दलीबाट मलाई देख्ने वित्तिकै दोकानमै आइसिन्छ’ भनिन् । मैले हत्तपत्त ‘तपाईंले दोकानमा उभिनु पर्यो भने चुरोट किन्ने बाहाना गर्नु’ भनेँ र आठआना उनको हातमा राखि दिएँ, दिदी खुशी हुँदै बाटो लागिन ।
मैले खाना खाएर लुगा लगाइसक्दा दिदी हास्दै टुप्लुक्क आइ पुगिन् । उनलाई देख्ने वित्तिकै मैले काम भएको अनुमान गरे पनि थाहा नपाएझैँ आश्चर्यको भावमा ‘यति चाडै भेट भयो दिदी !’ भनेँ । मैले यति भनिसक्दा दिदीले ‘मैयाँ त कहिले र कतिखेर आउँछ््यौ भनेर पर्खिरहेकी थिए भन्दै अँगालै मारौलाझैँ गरेर पसलमा म पुग्नासाथ आइस्यो नि भनिन् र केही गम्भीर कुरा भनौँ कि नभनौँ जस्तो अनुहार बनाइन् ।’ उनको अनुहार पढ्दै मैले ‘दिदी उनले के भनिन् त ?’ भनेँ । मैले यति प्रश्न गर्नासाथ दिदीले ‘मैयाँले हुन्छ म आउँछु भन्दिनु त भनिस्यो तर मैयाँलाई आजजस्तो उदाश कहिल्यै देखेको थिइन । अनुहार पनि निन्याउरो रूँदारूँदा गरेर महिनौ सुत्न नपाएर सुन्निएका जस्ता आँखा । सधैँ परी जस्ती भएर हिँड्ने मैयाँलाई आज बडो दयनीय अवस्था देखेँ भाइ’ भनिन् । दिदीको कुरा सुनेर मैले केही भन्न लाग्दा विष्णु टुप्लुक्क आइपुगे । उनको आगमनले दिदी भाइको संवाद यही टुंग्याएर दिदी आफ्नो बाटो लागिन् ।
विष्णु आएपछि हतार हतार हामी बाहिर निस्कियौ । हिँड्दै गर्दा बाटो थोरै लम्याएर मैले चारखालमा हुलाक टिकट किने र अलिक परको स्टेशनरीबाट खाम किनेर गोजिमा हालेँ । त्यसपछि अहिलेसम्म लुकाइ राखेको कुरालाई घोषणाका रूपमा ‘भाउजु तीन बजे त्यही होटलमा आउनु हुनेछ भनेर’ विष्णुलाई वल्ल जानकारी दिए । उनले खुशी हुँदै सहस्र धन्यवाद दिए र मलाई सुनको सिढी चडाए । उनका यावत् कुरा सुनेर मैले हास्दै विष्णुलाई ‘विष्णु ! अति सर्वत्र वर्जयेत् भनेको छ है’ मात्र भने । मेरा भनाइलाई उनले केवल मुस्कानले उत्तर दिए । हामीले रत्नपार्क पुग्नुपूर्व म कक्षा सकेर त्यही होटल आउने र विष्णु पौने तीन बजे होटल पुग्ने निर्णय गर्यौ र चौकमा पुग्ने वित्तिकै आ–आफ्नो बाटो लाग्यौ ।
म कक्षामा पढ्न बसे पनि मन भने विष्णु र रोजिताका समस्याका वरिपरि घुमेकोले राम्ररी पढ्नमा मन लागेन । सत्य बोल्नु हो भने कक्षामा बेलाबेलाका अर्चिताका कटाक्ष पूर्ण दृष्टिले मात्र आज मलाई रोकेको छ नभए म कक्षा नै छोड्न बेर नलाउने अवस्थामा पुगेछु । अर्चिता मलाई कलेजमै सबैभन्दा राम्री लाग्ने हुनाले म उनीप्रति विशेष आकर्षित छु । मलाई लाग्छ, मैले प्रेम प्रस्ताव राख्दा उनले नाइ भन्ने छैनन् तथापि हाम्रोबीचका प्रेमको आइस ब्रेक भने हुनसकेको छैन । म जान्दछु उनी पनि मलाई प्रेम गर्छिन् तर भन्न सकेकी छैनन् । त्यसैले उनको र मेरोबीचमा कटाक्ष र मुस्कानमा प्रेम साटासाट हुन्छ । उनी मेरा कुरालाई कटाक्षमार्फत् उत्तर दिन्छिन् म उनको कटाक्षलाई मुस्कानले उत्तर दिन्छु । जे होस् हाम्रो प्रेमी मनले एक अर्कालाई चिनेको छ । मैले एकमनले आज चार बजेपछि अर्चितालाई एउटा चिठी दिनु पर्यो भन्ने सोच बनाएँ तर सम्बोधनमा अड्किए र चारवटा चिर्कटा बदले तथापि दिने हिम्मत गरिन । मैले लेख्दै चिर्कटा च्यात्तै गरेँ र चार बजेसम्म अर्चिताको कटाक्षसँग मुस्कान साट्दै र त्यसको अर्थ खोज्दै आफूलाई कक्षाकै सेरोफेरोमा बाध्ने कासिसमा लागिरहेँ । क्रमश.........







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच