काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन देश जलाउने र देश बनाउने शक्तिहरू बीचको जनमत सङ्ग्रह भएको बताउनुभएको छ ।
झापा निर्वाचन क्षेत्र नम्बर ५ का मतदाताहरुसँगको कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले निर्वाचनले देशलाई समृद्धिको दिशामा लैजाने उम्मेदवार छान्नुपर्नेमा जोड दिनुभयो । उहाँले एमालेलाई बच्चादेखि ज्येष्ठ नागरिकसम्मको ख्याल गर्ने पार्टीको रूपमा चित्रण गर्दै शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा एमालेको विकल्प नभएको दाबी गर्नुभयो । निर्वाचनले देशको रक्षा गर्ने र विकासको पाटो साट्ने अवसर प्रदान गरेको उहाँको भनाइ छ ।
ओलीले भन्नुभयो, ‘आज देश जलाउने र देश बनाउनेका बीचमा यो जनमत सङ्ग्रह हो । हामीले देश बनाउनुपर्ने छ, सुशासन ल्याउनुपर्ने छ, शान्ति सुव्यवस्था कायम गर्नुपर्ने छ र भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने छ । विभिन्न प्रकारका ठगीका काण्डहरू, विभिन्न प्रकारका भ्रष्टाचारका काण्डहरू गर्ने गराउनेहरूमाथि कारबाही गर्नुपर्ने छ, जनतालाई सुविधा दिनुपर्ने छ र देशमा छिटोछिटो विकास गर्नुपर्ने छ ।’
निर्वाचन केवल प्रतिनिधि छान्ने प्रक्रिया मात्र नभई राष्ट्रको भविष्य तय गर्ने निर्णायक मोड भएको बताउनु भयो । सुशासन र समृद्धिका लागि एमालेको जित अनिवार्य रहेको उहाँको जिकिर छ ।
मिचिएको भूमि फिर्ता र नयाँ नक्शा : राष्ट्रिय स्वाभिमानको नयाँ उचाई
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले नेपालको राष्ट्रिय स्वाभिमानलाई विश्वस्तरमा माथि उठाएको बताउनुभएको छ ।
उहाँले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्शा जारी गर्नुलाई ऐतिहासिक उपलब्धि भएको बताउनु भयो । उहाँले पहिले आफ्नो भूमि दाबी गर्ने आधार समेत नभएकोमा अहिले नक्शामा राखेर बलियो दाबी प्रश्तुत गरिएको बताउनु भयो । यसका साथै उहाँले उत्तरतर्फ चीनसँगका नाकाहरू खोलेर समुन्द्रसम्मको पहुँच सुनिश्चित गरेको र नेपाल अब ‘ल्यान्ड–लक्ड’ बाट ‘ल्यान्ड–लिङ्क्ड’ देश बनेको बताउनु भयो ।
विश्वसँग जोडिने र समुन्द्रसम्म पुग्ने बाटो चीनतिरबाट पनि खुलेको उहाँको भनाइ छ । ओलीले राष्ट्रियताको सवालमा एमालेले कहिल्यै सम्झौता नगर्ने र देशको एक इन्च भूमि पनि नछोड्ने प्रतिवद्धता दोहो¥याउनु भयो । उहाँले अन्तर्राष्ट्रिय जगत्मा नेपालको आवाज सुनिने गरी आफूले काम गरेको र देशको स्वाभिमान बढेको दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘हाम्रो भूमि अरूको नक्शामा हुने अवस्था थियो, हामीले वार्ता गर्ने ठाउँ पनि थिएन । हाम्रो भूमि अरुको नक्शामा हुने, हाम्रो नक्शामा नहुने अवस्था थियो । हामीले मिचिएको भूमि फिर्ता ल्याएर आफ्नो नक्सामा राख्यौँ । विश्वसँग जोडिने, समुन्द्रसँग जोडिने बाटो चीनतिरबाट पनि खुल्यो । नेकपा एमाले काम गर्ने पार्टी हो ।’
आफ्नो कार्यकालमा भएका भौतिक पूर्वाधारका कामहरूको चर्चा गर्दै अध्यक्ष ओलीले नेपाललाई आधुनिक युगमा प्रवेश गराएको दाबी गर्नुभयो । उहाँले मेची-महाकाली राजमार्ग चौडा गर्ने कार्य, हुलाकी राजमार्ग र मदन भण्डारी राजमार्गको शुरुवात आफ्नै पहलमा भएको बताउनु भयो । उहाँले दमकमा पहिले चापाकल मात्र भएको ठाउँमा अहिले घरघरमा खानेपानी पुगेको र सञ्चार क्षेत्रमा नेपाल विश्वको स्तरमा पुगेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘हजारौँ पुलको निर्माण, खानेपानीका ट्याङ्कीहरू, र बिजुलीको विस्तारमा हामीले असाधारण काम गरेका छौँ । आज नेपाल संसारमा सञ्चार क्षेत्रमा जहाँ पुग्या छ, त्यही ठाउँमा नेपाल पनि पुग्या छ । संसारका मान्छेले जे प्रयोग गरिरहेका छन् इन्फर्मेसन टेक्नोलोजी, सूचना सम्बन्धी प्रविधिको क्षेत्रमा, हामीले त्यही प्रयोग गरिरहेका छौँ ।’
सुरुङ मार्ग, रेल मार्ग र भूकम्पपछिको पुनःनिर्माणमा साढे ८ लाख घर बनाएको तथ्य प्रस्तुत गर्दै उहाँले एमाले काम गर्ने पार्टी भएको र यसले देशको मुहार फेरेको दाबी गर्नुभयो । उहाँले एकैपटक ३९६ पालिकामा आधारभुत अस्पतालको शिलान्यास गरेको स्मरण गर्दै स्वास्थ्य क्षेत्रमा पनि ठूलो फड्को मारेको बताउनु भयो ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच