काठमाडौं । बिपिन कार्कीले ‘सडक मानव’ हुलियामा सार्वजनिक गरेको तस्वीरले दर्शकको ध्यान खिचेको छ । च्यातिएको लुगा, मैलो ज्याकेट र धुलो-हिलोले ढाकिएको अनुहारमा देखिएको उक्त तस्वीरसँगै उहाँले लेखेको क्याप्सन, ‘पहिरूनले मात्र चरित्रको निर्धारण गर्दैन...’ले झन् चासो बढाएको छ ।
धेरैले उहाँलाई सोही चरित्रमा चलचित्रमा देख्न पाइने अनुमान गरेका छन् भने केहीले चरित्र निर्माण क्षमताको प्रशंसा गरेका छन् । तर, उक्त तस्वीर नयाँ चलचित्रसँग सम्बन्धित नभएको खुलासा भएको छ ।
कार्कीका अनुसार तस्वीर एक वर्षअघि म्युजिक भिडियो ‘परित्याग’ छायांकनका क्रममा खिचिएको हो, जुन हालै सार्वजनिक गरिएको हो । चलचित्रको तयारी नभएको स्पष्ट पार्दै उहाँले दर्शकको चासोप्रति कृतज्ञता व्यक्त गर्नुभएको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच