सिलिगुडी । नेपथ्य ब्यान्डले पश्चिम बंगालको सिलिगुडीमा भव्य कन्सर्ट गर्दै सन् २०२६ को पहिलो विदेश यात्रा सुरु गरेको छ । कार्यक्रममा भारतका विभिन्न राज्य तथा नेपालबाट आएका हजारौँ दर्शक सहभागी भएका थिए ।
कन्सर्टमा ब्याण्डका मुख्य गायक अमृत गुरुङले भाषा र सांस्कृतिक सम्बन्धको महत्व उल्लेख गर्दै भावी पुस्तासम्म नेपाली भाषा जोगाइराख्न आह्वान गर्नुभयो । उहाँले करिब दुई घण्टासम्म १७ गीत प्रस्तुत गर्दै दर्शकलाई भरपूर्ण मनोरञ्जन दिलाउनुभयो । ‘कर्नालीका छाइला’, ‘कोशीको पानी यो जिन्दगानी’ लगायत लोकप्रिय गीतमा दर्शक झुमेका थिए भने अन्त्यमा ‘गाउँगाउँबाट उठ’ प्रस्तुत गरिएको थियो ।
मिजोरम, असम, मेघालय, सिक्किम लगायत स्थानबाट दर्शकहरू २० घण्टासम्मको यात्रा गरेर कन्सर्टमा पुगेका थिए । स्थानीय आयोजक ‘पोजिटिभ भाइब्स’का विकास कायस्थले पहिलोपटक यसस्तरको नेपाली सांगीतिक कार्यक्रम आयोजना गर्न पाउँदा उत्साहित भएको बताउनुभयो ।
कार्यक्रममा भारतीय जनता पार्टीसँग आबद्ध नेता नीरज जिम्बा र लोकसभा सदस्य राजु विष्टको समेत उपस्थिति रहेको थियो । उहाँहरूले नेपथ्यलाई नेपाली भाषा, संस्कृति र एकताको प्रतीकका रूपमा प्रशंसा गर्नुभएको थियो ।
सिलिगुडीको सफल प्रस्तुतिपछि ब्यान्डको टोली स्वदेश फर्किएको छ । नेपथ्यले यसअघि देशका चार प्रमुख सहरूमा प्रस्तुति गरिसकेको छ भने नोभेम्बरमा स्वदेशका थप सहरूमा सांगीतिक कार्यक्रम गर्ने जनाएको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच