काठमाडौं । यही फागुन २१ मा हुने निर्वाचनका दिन नेपालकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सका सम्पूर्ण सिनेमा हलहरू बन्द हुने भएका छन् । क्यूएफएक्सले जारी गरेको सूचनामा फागुन २१ गते देशभरका सबै हल बन्द रहने जानकारी दिइएको छ ।
साथै, कर्मचारीहरूलाई मतदानमा सहभागी हुन प्रोत्साहन गरिएकाले फागुन २० र २२ गते केही स्थानमा हलहरूको सेवा प्रभावित हुनसक्ने पनि बताइएको छ ।
दर्शकहरूलाई हलमा जानुअघि क्यूएफएक्सको आधिकारिक एप वा वेबसाइटमार्फत जानकारी लिन आग्रह गरिएको छ । क्यूएफएक्सले निर्वाचन अवधिभर दर्शकहरूको समझदारी र सहयोगको अपेक्षा व्यक्त गर्दै सबै नागरिकलाई आफ्नो मताधिकार प्रयोग गर्न पनि अनुरोध गरेको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच