काठमाडौं । गायन रियालिटी शो नेपाल आइडलको सफल यात्रापछि अब ‘नेपाल आइडल जुनियर’ दर्शकमाझ आउने भएको छ । आयोजकका अनुसार शोको पहिलो संस्करण आगामी अप्रिलको पहिलो हप्तादेखि एपीवान टेलिभिजनमार्फत प्रसारण हुनेछ ।
हाल ‘नेपाल आइडल जुनियर’का लागि डिजिटल अडिशन सञ्चालन भइरहेको छ । डिजिटल अडिशनबाट छनोट भएका प्रतिभाहरूलाई मेगा अडिशनमार्फत जज राउण्डमा सहभागी गराइने जनाइएको छ । काठमाडौंमा आइतबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिएको छ ।
आयोजकका अनुसार ‘नेपाल आइडल’ ले नेपाली संगीत क्षेत्रमा उदीयमान तथा लुकेका प्रतिभालाई राष्ट्रिय मञ्च प्रदान गर्दै आफूलाई स्थापित गरिसकेको छ । सोही सफलतालाई निरन्तरता दिँदै ‘नेपाल आइडल जुनियर’ मार्फत बालप्रतिभालाई पनि अवसर दिने लक्ष्य राखिएको बताइएको छ ।
यस सिजनको निर्णायक मण्डलमा सुगम पोखरेल, सुवानी मोक्तान र अस्मिता अधिकारी रहनुहुनेछ । कार्यक्रमका प्रस्तोताका रूपमा डा.शरिसा श्रेष्ठ र गायक महेश काफ्ले रहने जनाइएको छ । ट्यालेन्ट हेड तथा म्युजिक डिरेक्टरमा मीन गुरुङ र निर्देशकमा एलेन श्रेष्ठ रहनुहुने छ ।
‘नेपाल आइडल’ ले सन् २०१७ मा यात्रा सुरु गरेको थियो । हालसम्मका विजेतामा बुद्ध लामा, रवि ओड, सज्जा चौलागाईं, भूपेन्द्र थापामगर, करण परियार र गंगा सोनम रहनुभएको छ । आयोजकले ‘नेपाल आइडल जुनियर’ ले नयाँ स्वर, नयाँ ऊर्जा र नयाँ पुस्ताका प्रतिभासहित दर्शकमाझ फरक पहिचान बनाउने विश्वास व्यक्त गरेको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच