काठमाडौं । यही फागुन २९ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘लालिमा’को सार्वजनिक ट्रेलर युट्युब ट्रेन्डिङमा पर्न सफल भएको छ । शनिबार सार्वजनिक गरिएको ट्रेलर युट्युबको फिल्म विधातर्फ ट्रेन्डिङ परेको हो ।
लेखक तथा निर्देशक रोशन मिराजले यौनकर्मीहरूको यथार्थ जीवनलाई पर्दामार्फत उजागर गर्ने उद्देश्यले निर्माण गरेको यस चलचित्रमा अभिनेत्री रोशनी कार्की मुख्य भूमिकामा हुनुहुन्छ । ट्रेलरमा उहाँलाई यौनकर्मीको भूमिकामा प्रस्तुत गरिएको छ । साथै, नायक जीवन भट्टराईसँगको प्रेमसम्बन्ध देखाइएको छ ।
ट्रेलरले यौनकर्ममा संलग्न ‘लालिमा’को जीवनमा आउने उतारचढाव, सामाजिक दबाब र मानसिक संघर्षलाई संकेत गरेको छ । अन्तिम दृश्यमा मुख्य पात्र मानसिक समस्यासँग जुधिरहेको देखिन्छ । साथै, ‘लालिमा’को बच्चा जन्मिएको घटनामार्फत कथामा थप सस्पेन्स सिर्जना गरिएको छ ।
फेथ आस्थाको प्रस्तुतिमा निर्माण भएको ‘लालिमा’की कार्यकारी निर्माता रीना लामा हुनुहुन्छ । चलचित्रमा रोशनी कार्की र जीवन भट्टराईका अतिरिक्त उषा रजक, सुष्मा निरौला, घनश्याम जोशी, सविन कट्टेल र शिशिर वाङ्देलको अभिनय छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच