काठमाडौं । नागर्जुन नगरपालिका-१०, स्युचाटारस्थित ज्ञानकुण्ड विद्या मन्दिरको १३औं अभिभावक दिवस सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल चलचित्र कलाकार संघका निवर्तमान अध्यक्ष रविन्द्र खड्का रहनुभएको थियो । कार्यक्रमको अध्यक्षता विद्यालयका निवर्तमान प्रधानाध्यापक तथा सञ्चालक समिति सदस्य गोपालप्रसाद कँडेलले गर्नुभएको थियो ।
सो अवसरमा नायक खड्कालाई विद्यालय परिवारको तर्फबाट विशिष्ट सम्मान प्रदान गरिएको थियो । कला क्षेत्रमा पुर्याएको योगदान तथा कलाकारितामार्फत समाजमा सकारात्मक सन्देश प्रवाह गरेको योगदानको कदरस्वरूप उहाँलाई सम्मान गरिएको विद्यालयले जनाएको छ ।
कार्यक्रममा संस्थापक अध्यक्ष बुद्धिबहादुर केसी, वर्तमान अध्यक्ष कृष्ण अधिकारी, सञ्चालक समिति सदस्य दीपबहादुर अधिकारी, प्रधानाध्यापक पार्वती कुँवर, शैक्षिक संयोजक रुद्रबहादुर मल्ल तथा अतिरिक्त क्रियाकलाप संयोजक शान्ति कार्कीको विशेष आतिथ्यता रहेको थियो ।
सांस्कृतिक कार्यक्रममा हास्य कलाकार तथा जादुगर राजेन्द्र गिरी (गुन्द्रुके), मोडल मिना गिरी, विश्वकै होचा व्यक्ति मनोज गोर्खाली, महेश राई (जोकर) तथा गायक तथा संगीतकार सुमनकुमार श्रेष्ठलगायत कलाकारहरूको विशेष प्रस्तुति रहेको थियो । उनीहरूको प्रस्तुतिले उपस्थित अभिभावक, विद्यार्थी तथा अतिथिहरूलाई भरपुर मनोरञ्जन प्रदान गरेको थियो ।
विद्यालयका प्ले ग्रुपदेखि कक्षा १० सम्मका विद्यार्थीहरूले नृत्य, गीत, नाटक तथा विविध सांस्कृतिक झाँकी प्रस्तुत गरेका थिए । साथै शिक्षक तथा अभिभावकहरूको विशेष नृत्य प्रस्तुतिले कार्यक्रमलाई अझ आकर्षक बनाएको थियो । कार्यक्रममा अतिथि कलाकार, शिक्षक, अभिभावक तथा कर्मचारीहरूलाई कदरपत्रद्वारा सम्मान गरिएको थियो ।
अतिरिक्त क्रियाकलाप संयोजक शान्ति कार्कीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने प्रधानाध्यापक पार्वती कुँवरले शुभकामना मन्तव्य दिँदै विद्यालयका शैक्षिक गतिविधि तथा भावी योजनाबारे प्रकाश पार्नुभएको थियो ।
आफ्नो मन्तव्यका क्रममा प्रमुख अतिथि खड्काले विद्यालयले प्रदान गरेको सम्मानप्रति आभार व्यक्त गर्दै विद्यार्थीहरूको उत्कृष्ट प्रस्तुतिले आफू निकै प्रभावित भएको बताउनुभयो । विद्यालय व्यक्तित्व विकासको आधारस्थल भएको उल्लेख गर्दै भविष्यमा कलाकार बन्न चाहने विद्यार्थीहरूलाई सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।
कार्यक्रमको सञ्चालन गायक तथा संगीतकार सुमनकुमार श्रेष्ठ, शैक्षिक संयोजक रुद्रबहादुर मल्ल, शिक्षक रूपेश कुँवर तथा विद्यार्थीहरूले संयुक्त रूपमा गर्नुभएको थियो ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि