काठमाडौं । नागरिक लगानी कोष र एक्सेल डेभलपमेन्ट बैंकबीच उपदान तथा अवकाश कोष सञ्चालन सम्झौता भएको छ । दुवै संस्थाबीच उपदान तथा अवकाश कोषको व्यवस्था एवं सञ्चालनसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।
सम्झौतामा आइतबार कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र बैंकका प्रमुख कार्यकारी अधिकृत डा. इन्द्रकुमार कट्टेलले हस्ताक्षर गर्नुभएको छ । सम्झौतासँगै बैंकमा कार्यरत कर्मचारीलाई अवकाशसम्बन्धी उपदान एवं अन्य रकमको व्यवस्था कोषले गर्ने भएको छ ।
हाल बैंकमा तीन सय कर्मचारी कार्यरत रहेका छन् भने आठ जिल्लामा बैंकले प्रदेशस्तरीय कार्यालयबाट सेवा प्रदान गर्दै आएको छ ।





निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…