काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको भाउ घटेको छ । सोमबारको तुलनामा सुन तोलामा रु दुई हजार ५०० र चाँदी प्रतितोला रु २०५ ले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मोल प्रतितोला रु तीन लाख २८ हजार ६०० कायम भएको छ भने एक तोला चाँदीको मूल्य रु पाँच हजार ८१५ निर्धारण भएको छ । सोमबार एक तोला सुन रु तीन लाख २६ हजार १०० र त्यति नै परिमाणको सेतो धातु रु छ हजार २० मा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूकाअनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार २७८ र त्यति नै परिमाणको सेतो धातु ९५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर