काठमाडौं । २१ फागुनमा चुनाव नहुने अभिव्यक्ति दिएका एक ज्योतिषलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ज्योतिष रुद्रनाथ अधिकारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिनुभयाे । अधिकारीलाई काठमाडौंको चन्द्रागिरी क्षेत्रबाट पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार उनले २१ फागुनमा अनिष्ट हुने र चुनाव नहुने भन्ने अभिव्यक्ति सार्वजनिक रूपमा दिएका थिए ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सोमबार साँझ पक्राउ गरी जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाएको हो । हाल उनी परिसर काठमाडौंको हिरासतमा रहेका छन् ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच