काठमाडौं । आजदेखि आइसिसी टी-२० विश्वकप २०२६ अन्तर्गत सेमिफाइनलका खेल हुँदैछन् । आइसिसीले सेमिफाइनल खेलका लागि अम्पायर र म्याच रेफ्रीको नाम सार्वजनिक गरेको छ । नकआउट चरणका खेलहरू कोलकाता र मुम्बईमा आयोजना हुँदैछन् ।
पहिलो सेमिफाइनल आज कोलकातामा हुँदैछ । कोलकाताको इडेन गार्डेन्समा आज (बुधबार) हुने पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिका र न्युजिल्याण्ड आमनेसामने हुनेछन् । यस खेलमा रिचर्ड इलिङवर्थ र एलेक्स वार्फ अन-फिल्ड अम्पायरको भूमिकामा रहनुहुनेछ । इलिङवर्थ दुई वर्षअघि दक्षिण अफ्रिकाले अफगानिस्तानसँग खेलेको टी-२० विश्वकप सेमिफाइनलमा पनि अन-फिल्ड अम्पायर हुनुहुन्थ्यो । वार्फले भने यसै संस्करणको समूह चरणमा न्युजिल्याण्डले अफगानिस्तानविरुद्ध जित हात पार्दा खेल सञ्चालन गर्नुभएको थियो ।
कोलकातामा नितिन मेनन तेस्रो अम्पायर रहनुहुनेछ भने रोड टकर चौथो अम्पायरको भूमिकामा रहनुहुनेछ । म्याच रेफ्रीका रूपमा जवागल श्रीनाथ हुनुहुनेछ ।
दोस्रो सेमिफाइनल खेल बिहीबार मुम्बईमा हुँदैछ । मुम्बईमा हुने दोस्रो सेमिफाइनलमा भारत र इंग्ल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । यस खेलका लागि क्रिस ग्याफ्नी र अल्लाहुद्दिन पालेकर अन-फिल्ड अम्पायर रहनुहुनेछ । ग्याफ्नीले २०२४ संस्करणमा पनि यही चरणमा यी दुई टोलीबीचको खेल सञ्चालन गर्नुभएको थियो । पालेकरले जारी प्रतियोगितामा इंग्ल्याण्डका दुई खेल र भारतले नेदरल्याण्ड्सलाई पराजित गरेको खेलमा अम्पायरिङ गर्नुभएको थियो । मुम्बईमा हुने खेलमा एड्रियन होल्डस्टक तेस्रो अम्पायर, पाउल राइफल चौथो अम्पायर तथा एण्डी पाइक्रफ्ट म्याच रेफ्री रहनुहुनेछ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच