काठमाडौं । माल्दिभ्समा हुने साफ यू-२० च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय फुटबल टिम घोषणा भएको छ । मंगलबार नेपाली राष्ट्रिय यू-२० टिमका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले धरवेन्द्र कुँवरको कप्तानीमा प्रतियोगिताका निम्ति २३ सदस्यीय राष्ट्रिय टोली घोषणा गर्नुभएको हो ।
अखिल नेपाल फुटबल संघ(एन्फा)ले खेलाडीहरूको नाम सार्वजनिक गरेको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले माल्दिभ्समा यही मार्च २३ देखि अप्रिल ४ सम्म साफ यू-२० च्याम्पियनसिप आयोजना गर्दैछ ।
प्रतियोगितामा नेपालसहित साफका सातै सदस्य राष्ट्रको सहभागिता रहनेछ । प्रतियोगितामा नेपाल समूह ‘बी’मा छ, जसमा नेपाल र भारत छन् । त्यसैगरी, समूह ‘ए’मा बंगलादेश र माल्दिभ्स छन् भने समूह ‘सी’मा भुटान, श्रीलंका र पाकिस्तान छन् ।
नेपाली टिममा अलिक श्रेष्ठ, अनुभव पुरी, भक्तबहादुर परियार, विजय उर्न, विज्ञान खड्का, विनय ठाकुर, धरवेन्द्र कुँवर, गणेश पुलामी मगर, जोन विष्ट, निशानराज लवट, पवन पाख्रिन, पेम्बानोर्बु भोटे, प्रशान्त मोक्तान, प्रसुन तामाङ, रञ्जित लामा, रोहन मोक्तान, रोशन तामाङ, सविनकुमार लुगेंली मगर, सविन राई, सिद्धान्त खड्का, सुवास बम, सुजन बस्नेत र सुजन डंगोल हुनुहुन्छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच