काठमाडौं । निर्वाचनअघिको अन्तिम कारोबार दिन सेयर बजार उच्च अंकले बढेको छ । मंगलबार छ अर्ब २३ करोड ४३ लाख ८१ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको हो ।
मंगलबार छ अर्ब २३ करोड ४३ लाख ८१ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको हो । यस दिन नेप्से परिसूचक ३८.५२ अंकले बढेको छ ।
यस दिन नेप्से परिसूचक ३८.५२ अंकले बढेको छ । मंगलबार तीन सय २९ कम्पनीका एक करोड ५१ लाख ८४ हजार छ सय सात कित्ता सेयर कुल छ अर्ब २३ करोड ४३ लाख ८१ हजार चार सय ८०.७५ रुपैयाँमा कारोबार भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । यस दिन दुई सय ५४ कम्पनीको सेयर मूल्य बढेको छ भने छ कम्पनीको मूल्य घटेको छ । दुई कम्पनीको मूल्य स्थिर रहेको छ ।
कारोबार रकमका आधारमा अग्रस्थानमा रहेको आँखु खोला जलविद्युत् कम्पनीको ३४ करोड ६५ लाख ३० हजार तीन सय ७९.२० रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने सालपा विकास बैंकको सेयरमा सकारात्मक सर्किट लागेको छ । कुनै पनि कम्पनीको सेयरमा नकारात्मक सर्किट नलागेको यस दिन सबैभन्दा बढी शुभम पावर लिमिटेडको सेयर मूल्य २.५३ प्रतिशतले घटेको छ ।
रिडी हाइड्रोपावरको साढे २७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको एसवाई प्यानल नेपालको कारोबार रकम साढे २४ करोड नाघेको छ । यस दिन बैंकिङ, विकास बैंक, वित्त, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा र अन्य समूहको परिसूचक एक प्रतिशतभन्दा बढी बढेको छ । अघिल्लो कारोबार दिन अर्थात् गत आइतबार पाँच अर्ब ६४ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएका थिए ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच