काठमाडौं । एआई कम्पनी टिङटिङले आफ्नो नयाँ उत्पादन ‘टिङटिङ कनेक्ट’ सार्वजनिक गरेको छ । टिङटिङ नेपालकै पहिलो एआई-नेटिभ कल सेन्टर सोलुसन हो, जसले संस्थागत सञ्चारको पुरानो शैलीलाई विस्थापित गर्दै शून्य लागतमा(जिरो कस्ट) ग्राहक संवाद व्यवस्थापन गर्ने नयाँ युगको सुरुवात गरेको छ । कम्पनीका अनुसार, दशकौँदेखि कल सेन्टर उद्योग सिट संख्या, लाइसेन्स र थप सुविधाहरूमा(एड-अन्स) सीमित थियो ।
पुराना प्लेटफर्महरूले पुराना प्रणालीमा एआईका ड्यासबोर्डहरू थप्ने काम गरिरहेका बेला ‘टिङटिङ कनेक्ट’ नेपालमै पहिलोपटक एआईलाई आधार मानेर निर्माण गरिएको हो । उक्त प्रणालीमा एआई कुनै ‘प्लग-इन’ मात्र नभई त्यसको मेरुदण्ड हो, जहाँ इन्टेलिजेन्स नै पूर्वाधारको जग हो ।
उक्त प्रविधिले हरेक संवादलाई स्वचालित रूपमा रेकर्ड गर्ने, वास्तविक समयमा ट्रान्सक्राइब गर्ने र तत्कालै भावना (सेन्टिमेन्ट) विश्लेषण गर्ने क्षमता राख्छ । परम्परागत प्रणालीमा केवल दुई प्रतिशत कलहरूको मात्र म्यानुअल गुणस्तर जाँच हुने गरेकोमा टिङटिङ कनेक्टले शतप्रतिशत कुराकानीको विश्लेषण गरी कार्यसम्पादनमा पूर्ण स्पष्टता प्रदान गर्छ । सार्वजनिक कार्यक्रमको मुख्य आकर्षण ‘द बक्स’ रहेको छ ।
टिङटिङ कनेक्टका लागि विशेष रूपमा निर्माण गरिएको हार्डवेयर युनिट हो । जसको प्रयोगले कम्पनीको सम्पूर्ण संवाद र डाटाहरू आफ्नै नेटवर्कभित्र सुरक्षित रहन्छन् । कुनै बाह्य निर्भरताबिना नै एआई प्रशोधन हुने भएकाले बैंक तथा सरकारी निकायका लागि अत्यन्तै सुरक्षित र भरपर्दो रहेको कम्पनीको दाबी छ । परम्परागत प्लेटफर्मले प्रतिकर्मचारी (सिट काउन्ट) शुल्क लिने गर्छन् तर टिङटिङ कनेक्टले ‘अनलिमिटेड एक्सटेन्सन’(अनलिमिटेड एक्सटेन्सन)को सुविधा ल्याएको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच