काठमाडौं । एसएमएस सेवा प्रदायक स्प्यारो एसएमएसले निर्वाचन आयोगले तोकेको ४८ घण्टे मौन अवधिलाई पूर्ण सम्मान गर्दै आफ्नो एसएमएस प्रणालीमार्फत् राजनीतिक प्रचार-प्रसार पूर्ण रूपमा नियन्त्रण गर्ने व्यवस्था लागू गरेको जनाएको छ । निर्वाचन अवधिमा स्वच्छ, निष्पक्ष र मर्यादित वातावरण सुनिश्चित गर्न कम्पनीले विशेष किवर्ड ब्लक सिष्टम सञ्चालनमा ल्याएको छ ।
उक्त प्रणालीमार्फत् राजनीतिक दल, उम्मेदवार तथा निर्वाचन प्रचारसँग सम्बन्धित सामग्री पहिचान गरी स्वचालित रूपमा अवरुद्ध गरिने र त्यसबाट मौन अवधिमा कुनै पनि प्रकारको राजनीतिक प्रचारात्मक एसएसमएस प्रसारण हुन नदिने सुनिश्चित हुने कम्पनीको दाबी छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज थापाका अनुसार, नेपालमा जिम्मेवार प्रविधि सेवा प्रदायकको हैसियतले कम्पनी निर्वाचन आयोगका मार्गनिर्देशनहरू पूर्ण रूपमा सम्मान गर्छ । लोकतान्त्रिक प्रक्रियाको सुरक्षा हाम्रो दायित्व हो र मौन अवधिमा डिजिटल माध्यमबाट हुने कुनै पनि दुरूपयोग रोक्नु कम्पनीको मुख्य प्राथमिकता हो ।’ कम्पनीका अनुसार, सो अवधिमा राजनीतिक प्रचारसँग सम्बन्धित सन्देशहरूमात्र अवरुद्ध गरिनेछन् । अन्य सेवा जस्तै ब्लक एसएमएस, ओटिपी, बैंकिङ सन्देश, सेवा सूचना तथा व्यावसायिक मार्केटिङ सन्देश भने नियमित रूपमा सञ्चालनमा रहनेछन् । कम्पनीले आगामी दिन पनि कानुनी प्रावधान, नियामक निकायका निर्देशन तथा सामाजिक जिम्मेवारीलाई उच्च प्राथमिकतामा राख्दै आफ्ना सेवा सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच