काठमाडौं । स्पा तथा वेलनेस सेन्टर ट्रान्क्युलिटी स्पाले लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय शहर भैरहवास्थित सिद्धार्थ विलासामा सेवा सञ्चालनमा ल्याएको छ । द सोल्टी काठमाडौं, र्याडिसन होटल, रोयल टुलिप काठमाडौं, रोयल टुलिप चितवन, माउण्टेन ग्लोरी पोखरालगायत देशका विभिन्न प्रतिष्ठित होटलहरूमा सेवा विस्तार गरिसकेको ट्रान्क्युलिटी स्पाले अब लुम्बिनी प्रदेशमा पनि उपस्थिति बनाएको हो । कम्पनीका अनुसार, ट्रान्क्युलिटी स्पा नेपालीमा मात्र होइन, विदेशबाट नेपाल आउने अन्तर्राष्ट्रिय पर्यटकबीच पनि उत्तिकै लोकप्रिय छ ।
साथै, मलेसियामा सञ्चालनमा रहेको शाखाले पनि उत्कृष्ट सेवा प्रदान गर्दै त्यहाँका ग्राहकको मन जित्न सफल भएको छ । शान्ति र वेलनेस एकै सिक्काका दुर्ई पाटाजस्तै हुन्, त्यसैले ‘लुम्बिनीको प्रवेशद्वार’ भनेर चिनिने भैरहवामा स्थापना गरिएको सुविधासम्पन्न स्पा तथा वेलनेस सेन्टरले स्वदेशी तथा विदेशी पर्यटकलाई मनको शान्ति र शारीरिक आराम प्रदान गर्ने उद्देश्यसहित गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ । नयाँ शाखामा विभिन्न प्रकारका हाइड्रो थर्मल थेरापी, सैलुन सेवा, स्विमिङ, जिम, परम्परागत नेपाली मसाज उपचारलगायत समग्र वेलनेसका सेवाहरू उपलब्ध रहेका छन् ।
ट्रान्क्युलिटी स्पाका अध्यक्ष भुवन फैजूले भन्नुभयो, ‘ट्रान्क्युलिटी स्पा एक पारिवारिक स्पा तथा वेलनेस ब्राण्ड हो । हरेक व्यक्तिका लागि स्पा तथा वेलनेस भनेको आधारभूत आवश्यकता हो, त्यसैले हामीले स्थापनाकालदेखि नै नेपालमा स्पा तथा वेलनेस संस्कृतिको प्रवर्द्धन गर्दै आएका छौं । यही अभियानअन्तर्गत भैरहवाको सिद्धार्थ विलासामा पूर्ण सुविधासम्पन्न शाखा सञ्चालनमा ल्याउन पाउँदा हामी निकै उत्साहित छौं ।’
कार्यकारी निर्देशक सुरेश पुरीले काठमाडौंबाहिर पनि गुणस्तरीय वेलनेस सेवा विस्तार गर्ने संस्थाको दीर्घकालीन लक्ष्यअनुसार यो कदम चालिएको बताउनुभयो । प्रमुख पर्यटकीय तथा आतिथ्य क्षेत्रहरूमा स्पा सेवाको पहुँच विस्तार गर्नु कम्पनीको प्राथमिकता रहेको उहाँको भनाइ थियो । कम्पनीका अनुसार, ट्रान्क्युलिटी स्पाले मन र शरीरलाई आराम दिने सेवा प्रदान गर्ने मात्र होइन, वेलनेस पर्यटन तथा व्यवसायको प्रवर्द्धन गर्दै युवालाई स्वदेशमै रोजगारीका अवसरसमेत सिर्जना गरिरहेको छ ।
कम्पनीले हाल नेपालभर १८ भन्दा धेरै शाखामार्फत् सेवा सञ्चालन गर्दै आएको छ र दुई सय ५० भन्दा बढी युवालाई रोजगारीको अवसर प्रदान गरेको छ । नेपालको तीव्र रूपमा विकास हुँदै गएको वेलनेस क्षेत्रमा गुणस्तरीय रोजगारी सिर्जना गर्ने प्रतिबद्धतासहित अघि बढिरहेको कम्पनीका भैरहवाको नयाँ शाखामा मात्र ४० कर्मचारी छन् ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच