काठमाडौं । नेपालमा डिजिटल ठेगाना प्रणाली विकास तथा सञ्चालन गर्दै आएको एड्रेसग्राफ नेपाल प्रालिले आफ्नो ‘कताहो’ एपमार्फत् निर्वाचनमा खटिने व्यक्तिहरूका लागि लक्षित विशेष निःशुल्क सुरक्षा सुविधा सुरु गरेको छ । निर्वाचन समयमा सुरक्षासम्बन्धी सम्भावित जोखिम मध्यनजर गर्दै निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मी तथा स्वयंसेवकहरूले आकस्मिक परिस्थितिमा आफ्नो परिवार वा आफन्तलाई छिटो र सुरक्षित रूपमा जानकारी दिन सक्ने उद्देश्यले उक्त सेवा उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार, कुनै अप्रत्याशित घटना वा असहज परिस्थितिमा प्रयोगकर्ताले आफ्नो प्रोफाइलमा राखिएको एसओएस सम्पर्कमार्फत् आपत्कालीन सूचना पठाउन सक्नेछन् । उक्त सूचनासँगै साइरनसहितको सन्देश र प्रयोगकर्ताको डिजिटल ठेगाना/स्थान जानकारी सम्बन्धित व्यक्तिसम्म पुग्नेछ । भिडभाड, होहल्ला वा फोनमार्फत् प्रत्यक्ष रूपमा बोल्न नसकिने अवस्थामा यस्तो सुविधा विशेष रूपमा प्रभावकारी हुने अपेक्षा गरिएको छ । हाल प्रत्येक प्रयोगकर्ताले दुर्ईवटा मोबाइल नम्बरमा आपत्कालीन सन्देश पठाउन सक्ने सुविधा उपलब्ध रहेको छ ।
उक्त सेवा प्रयोग गर्न सर्वप्रथम एन्ड्रोइड वा एप्पल स्टोरबाट ‘कताहो’ एप डाउनलोड गरी आफ्नो जिमेल र मोबाइल नम्बरमार्फत् ओटिपी प्रमाणीकरण गर्नुपर्नेछ । त्यसपछि मेनुमा गई आफन्त वा टिमलिडर व्यक्तिको नम्बरलाई आपत्कालीन सम्पर्कका रूपमा राखेपछि उक्त सुविधा तुरुन्त प्रयोग गर्न सकिन्छ । तर, सुविधा प्रभावकारी रूपमा सञ्चालन हुन दुवै पक्षले ‘कताहो’ एपमा दर्ता भएको हुन आवश्यक छ । कम्पनीका निर्देशक लक्ष्मणप्रसाद रिमालका अनुसार, ‘कताहो’ ले विश्वस्तरको वर्ल्ड समिट अवार्ड(डब्लुएसए), एसियालीस्तरको एपिक्ट अवार्ड तथा नेपालको प्रतिष्ठित आइसिटी अवार्डलगायत विभिन्न सम्मान प्राप्त गरिसकेको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच