काठमाडौं । सन् २०२६ को फेब्रुअरी महिनामा नेपालमा एक लाख पाँच हजार चार सय ४१ पर्यटक भित्रिएका छन् । सन् २०२५ को फेब्रुअरी महिनामा भने एक लाखभन्दा कम अर्थात् ९६ हजार आठ सय ८० पर्यटक नेपाल भ्रमणमा आएका थिए । पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२६ को फेब्रुअरी महिनामा नेपाल आउने शीर्ष १० देशहरूमध्ये भारत पहिलो स्थानमा छ ।
सन् २०२५ को फेब्रुअरी महिनामा एक लाखभन्दा कम अर्थात् ९६ हजार आठ सय ८० पर्यटक नेपाल आएकामा सन् २०२६ को सोही अवधिमा एक लाखभन्दा बढी पर्यटक आएका छन् ।
भारतबाट सबैभन्दा धेरै २२ हजार सात सय ४५ पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको ११.२ प्रतिशत हो । अन्य प्रमुख पर्यटकीय स्रोतहरूमा चीन, संयुक्त राज्य अमेरिका, श्रीलंका, म्यानमार, बेलायत, अष्ट्रेलिया, थाइल्याण्ड, बंगलादेश र जर्मनी रहेका छन् । जर्मनीबाट पाँच हजार छ सय १८, श्रीलंकाबाट छ हजार ३५, बेलायतबाट चार हजार एक सय २६, अष्ट्रेलियाबाट तीन हजार छ सय ३८, थाइल्याण्डबाट तीन हजार दुर्ई सय १२, बंगलादेशबाट दुर्ई हजार आठ सय ५०, चीनबाट नौ हजार सात सय १० जना र अमेरिकाबाट १० हजार आठ सय १६ जना पर्यटक नेपाल आएका छन् ।
क्षेत्रगत आधारमा दक्षिण एसियाली मुलुकबाट सबैभन्दा बढी ३५ हजार तीन सय ४८ जना अर्थात् ३३.५ प्रतिशत पर्यटक आएका छन् भने अन्य एसियाली मुलुकबाट २९ हजार आठ सय ५७ अर्थात् २८.३ प्रतिशत, युरोपबाट १७ हजार चार सय ९३ अर्थात् १६.६ प्रतिशत, ओसेनियाबाट सात हजार नौ सय ५५ अर्थात् ७.५ प्रतिशत, मध्यपूर्वबाट एक हजार छ सय ८० अर्थात् १.६ प्रतिशत, अफ्रिकाबाट नौ सय ४९ अर्थात् ०.९ प्रतिशत र अमेरिकाबाट तीन सय ४४ अर्थात् ०.३ प्रतिशत पर्यटक नेपाल आएका बोर्डले जनाएको छ ।
सन् २०२५ को फेब्रुअरी महिनामा अघिल्लो आर्थिक वर्षभन्दा कम अर्थात् ९६ हजार आठ सय ८० पर्यटक नेपाल आएका थिए । पर्यटन बोर्डको तथ्यांकअनुसार सन् २०२४ को फेब्रुअरीमा ९७ हजार चार सय २६ पर्यटक आएका थिए । पर्यटक आगमनको उक्त संख्या सन् २०२३ को फेब्रुअरीमा ९९ हजार चार सय २६ रहेको थियो भने सन् २०२२ को फेब्रुअरीमा ४५ हजार एक सय ५२ रहेको थियो । सन् २०२५ को फेब्रुअरीमा सबैभन्दा बढी भारतीय पर्यटक नेपाल आएका थिए । उक्त महिना भारतबाट १९ हजार एक सय ८७ जना नेपाल हुन् ।
त्यस्तै, अमेरिकाबाट १० हजार तीन सय ४८ र चीनबाट आठ हजार दुई सय ३२ जना पर्यटक आएका थिए । सो अवधिमा थाइल्याण्डबाट पाँच हजार छ सय नौ, बेलायतबाट पाँच हजार ५७, बंगलादेशबाट चार हजार आठ सय ७४, श्रीलंकाबाट चार हजार तीन सय ७० र अष्ट्रेलियाबाट तीन हजार सात सय ३७ जना पर्यटक आएका थिए भने म्यानमारबाट तीन हजार एक सय ४९, दक्षिण कोरियाबाट दुई हजार सात सय ७९ जना पर्यटक नेपाल आएका थिए ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच