काठमाडौं । आगामी चैत १३ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘हामी तीन भाइ’को टिजर सार्वजनिक गरिएको छ । फागु पूर्णिमाको अवसर पारेर यस चलचित्रको टिजर सार्वजनिक गरिएको हो । टिजरमा एक गाउँका तीन दाजुभाइको कथा प्रस्तुत गरिएको छ ।
विनोद न्यौपाने, कुशल विष्ट र फलित राईले दाजुभाइको भूमिका निर्वाह गर्नुभएको छ । खेतबारीमा आफैं नारिएर जोतिरहेको दृश्यले उनीहरूको आपसी मेलमिलाप र आत्मीय सम्बन्ध झल्काउँछ । सानै उमेरमा आमा-बुबा गुमाएपछि दाजु नै अभिभावकसरह बनेको भाव टिजरमा देखिन्छ । तर, विवाहपछि दाजुभाइबीच सम्बन्धमा आउने खटपट र संघर्षलाई पनि चित्रण गरिएको छ ।
टिजरमा लक्ष्मी बर्देवा, राजाराम पौडेल, रविन्द्र झा, आश्मा गिरीलगायत कलाकार देखिनुहुन्छ । प्रस्तुत सामग्रीका आधारमा चलचित्र कमेडी तथा मार्मिक कथावस्तुमा आधारित रहेको अनुमान गर्न सकिन्छ । मधुसूदन भट्टराईको निर्देशनमा बनेको यस चलचित्रमा विनोद न्यौपाने, लक्ष्मी बर्देवा, कुशल विष्ट, आश्मा गिरी, जाहन्वी बस्नेत, फलित राई, राजाराम पौडेल, रविन्द्र झा, विष्णु सापकोटा (हर्के हल्दार), विकास चापागाईं, सुष्मा निरौला, यादव देवकोटा (सरापे)लगायत कलाकारको अभिनय छ ।
प्रसिद्धि सिने आर्टस् प्रा.लि.को ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता त्रिरत्न श्रेष्ठ र मनोज श्रेष्ठ हुनुहुन्छ भने कार्यकारी निर्माता विक्रम तामाङ रहनुभएको छ । शिवम् अधिकारीको पटकथा तथा संवाद, शिव ढकालको छायांकन र बनिश शाहको सम्पादन चलचित्रमा छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच