काठमाडौं । आर सुरेन्द्रको तीर्थयात्राहरूको संगालो ‘आशीर्वाद’ लोकार्पण गरिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमबीच प्रमुख अतिथि पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीलगायतले उक्त कृतिको लोकार्पण गर्नुभएको हो ।
प्रमुख अतिथि पराजुलीले तीन ‘मा’ बोकेर आएको आशीर्वादले मातृत्व, मातृभूमि र मानवताका विषयमा चर्चा गरेको उल्लेख गर्नुभयो । उहाँले सुरेन्द्रको यस यात्राकृतिमा सभ्यतासँग जोडिएका अभिव्यक्तिहरू रहेको बताउनुभयो ।
सार्वजनिक कृतिमाथि समीक्षात्मक चर्चा गर्दै डा.विष्णु दाहालले सार्वजनिक पुस्तक पठनीय भएको उल्लेख गर्दै कृतिमा यात्रासँगै आध्यात्मिक विषयवस्तु समेटिएको बताउनुभयो ।
कार्यक्रममा रविराज थापा, डा.शास्त्रदत्त पन्त, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहित हिन्दू र बौद्ध धर्मगुरुहरूले आ-आफ्ना धारणा राख्नुभएको थियो । सो अवसरमा लेखक आर सुरेन्द्रले आफ्नो लेखन अनुभूति सुनाउनुभएको थियो ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच