वासिङ्टन । अमेरिकाले बहराइन, जोर्डन र इराकमा सुरक्षा सेवामा रहेका कर्मचारीबाहेक अन्य गैर-आकस्मिक सेवामा कार्यरत अमेरिकी नागरिकलाई ती मुलुकबाट जति सक्दो छिटो बाहिरिन सूचना जारी गरेको छ । अमेरिकी विदेश मन्त्रालयले मङ्गलबार बहराइन र जोर्डन छाड्न गैर-आकस्मिक सेवाका कर्मचारीलाई आदेश दिएको हो ।
इरानले अमेरिका-इजरायली आक्रमणको प्रतिकार गरिरहेको अवस्थामा नागरिकको सुरक्षालाई मध्यनजर गर्दै यो सूचना जारी गरिएको हो । मन्त्रालयले एक्समा गरेको पोस्टमा भनेको छ, गैर-आकस्मिक सेवामा रहेका अमेरिकी सरकारी कर्मचारी र सरकारी कर्मचारीका परिवारका सदस्यलाई प्रतिबिम्बित गर्दै विदेश मन्त्रालयले अमेरिकी नागरिकलाई बहराइन, जोर्डन र इराकमा यात्रा नगर्न सुझाब दिएको छ ।
एक छुट्टै पोस्टमा मन्त्रालयले भनेको छ, ‘अमेरिकाले इराक यात्रा निर्देशन अद्यावधिक गरिएको थियो कि यसले सोमबार “सुरक्षा चिन्ताका कारण गैर(आकस्मिक अमेरिकी सरकारी कर्मचारीलाई इराक छोड्न आदेश दिएको थियो । त्यसमा उनीहरूका आफन्तको उल्लेख गरिएको थिएन ।’ अमेरिका–इजरायलले इरानमाथि गरेको संयुक्त आक्रमणमा दर्जनौँ सर्वसाधारणको मृत्यु भएको तेहरानले बताएको छ ।
इरानको रिभोलुसनरी गाड्र्सले बहराइनमा रहेको अमेरिकी हवाई अड्डालाई निशाना बनाएको इरानको रिभोलुसनरी गाड्र्सले मङ्गलबार जारी गरेको एक विज्ञप्तिमा उल्लेख छ । इराकको राजधानी बग्दादमा कालो पोशाकमा सयौँ प्रदर्शनकारीले आइतबार अमेरिकी दूतावास रहेको ग्रिन जोनमा प्रवेश गर्ने प्रयास गरेका छन् ।
जोर्डनको राजधानी अम्मानस्थित अमेरिकी दूतावासले सोमबार अज्ञात खतराका कारण अस्थायी रूपमा आफ्ना कर्मचारीलाई खाली गरेको बताएको छ । साउदी अरबले शनिबार इरानले जवाफी आक्रमण सुरु गरेयता एक दर्जनभन्दा बढी क्षेप्यास्त्र पनि छेदन गरिएको जनाएको छ । रासस/एएफपी







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच