काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनको पर्यवेक्षण गर्न विभिन्न देशका प्रतिनिधि र कुटनीतिज्ञहरु नेपाल आइपुगेका छन् ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईकाअनुसार १० वटा देशका निर्वाचन आयोगका प्रमुख तथा प्रतिनिधिहरुलाई पर्यवेक्षणका लागि आमन्त्रण गरिएको छ । यसका साथै, दक्षिण एशियाली निर्वाचन व्यवस्थापन निकायहरुको मञ्च (फेम्बोसा) का सदस्य राष्ट्रहरुका प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरु पनि पर्यवेक्षणमा सहभागी हुँदैछन् ।
नेपालले विगतमा अन्य देशको निर्वाचनमा गरेको अवलोकनको आधारमा ९रेसिप्रोसिटी० उनीहरुलाई आमन्त्रण गरिएको हो । नेपालमा रहेका विभिन्न कुटनैतिक नियोगका प्रतिनिधिहरु र नेपाललाई हेर्नेगरी छिमेकी मुलुकमा रहेका राजदुतहरुलाई पनि पर्यवेक्षणका लागि बोलाइएको छ । उहाँहरु नेपाल आइसकेको र पर्यवेक्षणको तयारी गरिरहेको आयोगले जनाएको छ ।
उहाँले भन्नुभयो, ‘हामीले १० वटा देशका निर्वाचन आयोगका प्रमुख तथा प्रतिनिधिहरु आयुक्तज्युहरुलाई बोलाएका छौँ । र त्यो बाहेक फेम्बोसा छ, फेम्बोसाको सदस्य राष्ट्रहरुको निर्वाचन प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तहरु, त्यो बाहेक नेपालले उहाँहरुको आमन्त्रणलाई स्वीकार गरेर नेपालको निर्वाचन आयोगको तर्फबाट अन्य देशको जुन निर्वाचन अवलोकन भएको छ, त्यसलाई रेसिप्रोसिटीको आधारमा उहाँहरुलाई पनि आमन्त्रण गरिएको छ । त्यो बाहेक नेपालमा दुतावास भएका कुटनैतिक नियोगहरु र नेपाल हेर्नेगरी छिमेकी मुलुकमा कुटनैतिक नियोग भएका दुतावासहरुलाई हामीले त्यहाँका राजदुतहरुलाई आमन्त्रण गरेका छौँ । उहाँहरु नेपाल आइसक्नुभएको छ र त्योअनुसार पर्यवेक्षणको लागि तयारी गर्दै हुनुहुन्छ । मूलतः कुटनैतिकहरु उहाँहरु नै हुन् । र त्यस बाहेक यो अन्तर्राष्ट्रिय गैरसरकारी संस्था चार वटालाई हामीले यो पर्यवेक्षणको अनुमति प्रदान गरेका थियौँ । त्यसमध्ये एउटा संस्था उहाँहरुको आन्तरिक कारणले आउन नसक्ने भनेर जानकारी दिनुभएको छ । तीन वटा अन्तर्राष्ट्रिय संस्थाहरु र ३९ वटा राष्ट्रिय संस्थाहरु ३९ वटा राष्ट्रिय संस्थाहरु पर्यवेक्षणको लागि जाँदै हुनुहुन्छ ।’
संस्थागततर्फ आयोगले ३ वटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र ३९ वटा राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति दिएको छ । शुरुमा ४ वटा अन्तर्राष्ट्रिय संस्थालाई अनुमति दिइएको भएपनि एउटा संस्थाले आन्तरिक कारणले आउन नसक्ने जानकारी गराएको छ । आयोगले विदेशी पाहुनाहरुको आगमन, बसोबास र व्यवस्थापनमा आवश्यक सहजीकरण गरिरहेको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच