दाङ । जिल्लाको घोराही उपमहानगरपालिका–१६ स्थित गगटैया तालमा डुबेर आज एक जनाको मृत्यु भएको छ ।
पौडी खेल्ने क्रममा डुबेर अन्दाजी १५ वर्षीय दिवस बुढा मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) रेशम बोहोराले जानकारी दिनुभयो ।
घोराही–१६ ठोक्रिया बस्ने मगर आज दिउँसो होली खेलेर पौडी खेल्ने क्रममा तालमा बेपत्ता हुनुभएको थियो । खोजतलास गर्दा बेलुका मृत अवस्थामा फेला परेको जिल्ला प्रहरीले जनाएको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच