मानिसले १०८ भन्ने अंकको रहस्य र उपादेयता के हो भन्ने कुरा चन्द्र, सूर्य, पृथ्वी र मानव शरीरका बीचको सम्बन्ध, तालमेल र गणितीय एक रूपतालाई बुझेपछि ईश्वरीय सत्ता र मानव जीवनको परम उद्देश्यलाई बुझ्न सजिलो भएको हो । मानव शरीरको श्वास-प्रश्वास, सूर्य र चन्द्रको कला तथा परिधि, पृथ्वी चन्द्र र सूर्यको व्यास तथा पारस्परिक दूरी आदिका बिचको गणित र तथ्यांकलाई विश्लेषण गरेर हेरेपछि ती कुराहरूमा उसले १०८ भन्ने अंकको आधारभूत एवं रहस्यमयी उपस्थिति र भूमिका रहेको कुरा राम्रोसँग बुझ्न सकेको हो ।
प्रस्तुत यथार्थतालाई तलका बुँदाहरूले प्रष्ट्याउँदछन् :-
क) पृथ्वीबाट सूर्यसम्मको औषत दूरी १५ करोड किमी र सूर्यको व्यास करिब १३,८२,६०० किमी छ । यी दुई तथ्यहरूलाई तुलना गर्दा सूर्यको व्यासभन्दा पृथ्वीबाट सूर्यसम्मको दूरी १०८.४ गुणा अर्थात् करिब १०८ गुणा ज्यादा हुन्छ ।
ख) सूर्यको व्यास करिब १३,८२,६०० किमी र भूमध्य रेखीय आधारमा पृथ्वीको ध्रुवीय व्यास १२,७५६ किमी (स्रोत : इमेजिन द युनिभर्स नासा) छ । यी दुई तथ्यहरूलाई तुलना गर्दा पृथ्वीको ध्रुवीय व्यासभन्दा सूर्यको व्यास १०८.३ गुणा अर्थात् करिब १०८ गुणा ज्यादा हुन्छ ।
ग) पृथ्वीबाट चन्द्रको दूरी करिब ३,८४,४०३ किमी र चन्द्रको व्यास करिब ३४७४.८ किमी छ । यी दुई तथ्यहरूलाई तुलना गर्दा चन्द्रको व्यासभन्दा पृथ्वीबाट चन्द्रको दूरी ११० गुणा ज्यादा हुन्छ । यो ११० गुणा ज्यादा भन्ने तथ्यलाई पनि १०८ गुणा ज्यादा भन्ने मानिन्छ । कारण बेलायती वैज्ञानिक डा.म्यागी एडेरिन-पोककले चन्द्र प्रतिवर्ष पृथ्वीभन्दा ३.७८ सेमी (१.४८’’) टाढिँदै छ भनी पत्ता लगाएकी छिन् । उनको भनाइ अनुसार चन्द्रोत्पत्ति हुँदाको समयमा पृथ्वीबाट चन्द्रमात्र २२,५०० किमीको दूरीमा थियो । सो दूरी हाल बढ्दै गएर ३,८४,४०३ किमी हुन पुगेको हो ।
सनातन एवं वैदिक वाङ्मयहरूले मानव जीवनको चरम एवं परम लक्ष्य र उद्देश्य अन्तर्गत परमात्मतत्व, ईश्वरतत्व, भगवद्तत्वका सम्बन्धमा तीनवटा आयाम र दृष्टिकोणहरूलाई प्रतिपादन गरेका छन् । ती तीन आयाम, दृष्टिकोण र मतहरू भनेका १, ० र ८ हुन् । १ लाई ज्ञान, ० लाई पूर्ण ज्ञान र ८ लाई अनन्त ज्ञान भनेर बुझ्ने गरिन्छ । १, ० र ८ को समुच्चय हु“दा १०८ बन्दछ । १०८ भनेको परम ज्ञानको स्थिति पनि हो ।
घ) एउटा स्वस्थ्य र वयश्क मानिसको शरीरले आरामीको अवस्थामा १५ पटक श्वास प्रश्वास (नर्मल ब्रेथ) गर्दछ । यो हिसाबले उसले एक दिनमा जम्मा २१,६०० पटक श्वास-प्रश्वास (ब्रेथ) गर्दछ । सौर्य ऊर्जा र चन्द्र ऊर्जाका निम्ति यो २१,६०० पटकको श्वास-प्रश्वासलाई आधा गर्दा १०,८०० हुन्छ । श्वास-प्रश्वासबाट हुने गरिने अजपाजपको संकल्पमा ‘षट्शताधिकैकविंशतिसहश्र संख्या’ अर्थात् २१,६०० लाई नै उच्चारण गरिन्छ । माला गणना पद्धति अनुसार यी दुबै सौर्य ऊर्जा र चन्द्र ऊर्जा संख्या १०,८०० लाई १०८ कै मापदण्डबाट गणना गरिन्छ ।
ङ) सूर्यले एक वर्षमा २,१६,००० वटा कलाहरू परिवर्तन गर्दछ । दुई अयन (६ महिना) मा विभाजित गर्दा उत्तरायणमा सूर्यका कलाहरू १,०८,००० र दक्षिणायनमा १,०८,००० हुन्छन् । सूर्यको अयनात्मक संख्या बराबर जप एक दिनमा गर्न सम्भव नै हुँदैन । यसर्थ सूर्यको एक अयनको १००० कलाको निम्ति एकपटक जप गर्ने गरिन्छ । तदनुसार सूर्यका १,०८,००० कलाहरूका निम्ति १०८ पटक जप गर्नुपर्ने हुँदा जप गर्दा हातमा पक्रने मालामा १०८ वटा दानाहरू राखिन्छन् । यसरी १०८ वटा दानाहरू रहेको जपमालालाई प्रयोग गर्नुको अर्थ सूर्यको कला र मानिसको श्वास-प्रश्वाससँग लयबद्धता तथा तादात्म्यता कायम गर्नु हो । यो नियमलाई सबै धर्म सम्प्रदायले अपनाएका छन् ।
च) एक वृत्त अर्थात् भचक्रमा ३६ ̊ हुन्छ । हाम्रो मानव शरीर, पृथ्वी, सूर्य, चन्द्रलगायतको यो यावत् ब्रह्माण्ड अग्नि, जल, पृथ्वी, आकाश र वायु भन्ने ५ वटा महाभूतहरू (पञ्चतत्व)बाट बनेका हुन्छन् । एउटा वृत अर्थात् ब्रह्माण्डीय भचक्र अर्थात् ३६ ̊ भित्र पञ्चतत्वलाई एकबाट अर्को तत्वलाई समान दूरीमा राखेर रेखांकन गर्दा पञ्चभुजाकार आकृति (रेगुलर पेन्टागन) बन्दछ । यस्तो नियमित पञ्चभुजभित्र बन्ने पाँचवटै आन्तरिक कोणहरूको माप १०८ ̊ हुन्छ । अर्थात् पृथ्वी, चन्द्र, सूर्य, प्रकृति र मानवलाई निर्माण गर्ने पञ्चतत्वहरूका बीचको सम्बन्धको गणितीय अभिव्यक्ति भनेको १०८ हो ।
छ) चन्द्रलाई नक्षत्रहरूको अधिपति मानिन्छ । यसैले चन्द्रलाई ‘नक्षत्रराज’ भनिन्छ । नक्षत्रहरू २७ वटा हुन्छन् । यी प्रत्येक नक्षत्रहरूको चरण वा पाउ चारवटा हुन्छ । यस हिसाबले हेर्दा नक्षत्रराज चन्द्रका नक्षत्रहरूको जम्मा चरण २७ह्४.१०८ वटा हुन्छ ।
ज) यो सृष्टिमा ताप, वायु, आवाज अनेक कुराहरूलाई ऊर्जाको स्वरूप मानिन्छ । ज्योतिषशास्त्रमा मानिसको नाम राख्दा नामको आद्याक्षर (पहिलो अक्षर) कायम गरिने अक्षरहरू जम्मा १०८ वटा हुन्छन् । यसरी नाम राख्दा ज्योतिषशास्त्रले प्रयोगमा ल्याउने सिद्धान्त, नियम वा विधिलाई ‘अवकाहडाचक्र’ भनिन्छ । ज्योतिषीले व्यक्तिको नामकरण (न्वारान) गर्दा राखेको नामको आद्याक्षरले त्यो व्यक्ति (जातक) त्यो आद्याक्षरलाई उच्चारण गर्दा उत्पन्न हुने आवाजबाट पूर्णतः प्रभावित हुन्छ र त्यहि आवाजले त्यो व्यक्तिको सत्तात्मक अस्तित्वलाई कायम गरिरहन्छ । अतः मानिसलाई आफ्नो अस्तित्व कायम राखिरहनका निम्ति उत्पन्न हुने वा गरिने आवाज सम्बन्धी ऊर्जाहरू १०८ प्रकारका हुन्छन् ।
झ) सनातन पद्धतिले यो पृथ्वीका सम्पूर्ण नदी नालाहरूमध्ये गंगा नदीको जललाई अत्यन्त धेरै शक्तिशाली, पवित्र एवं महिमाशाली तथा मोक्ष प्रदायक मान्दछ । गंगाको जलमा यत्तिका धेरै प्रभाव, सामार्थ्य र विशेषता विद्यमान हुनुको रहस्य नै १०८ को प्रभाव हो । विज्ञानको ग्लोबल पोजिसनिङ सिस्टम (जिपिएस)द्वारा मापन गरेर हेर्दा गंगा नदीको अवस्थितिको अक्षांस २ ̊ ३२’ १५’ उत्तर र देशान्तर ८३ ̊ ११’ ४५’ पूर्व रहेको पाइन्छ । यी दुई अक्षांस र देशान्तरलाई योग गरेर हेर्दा १०८ ̊ ४४’ ०’ हुन आउ“दछ । यो भनेको करिब १०८ हो ।
ञ) ज्योतिषशास्त्रका अनुसार चन्द्रको धातु भनेको चाँदी हो । चन्द्रग्रह असन्तुलित वा नकारात्मक प्रभावी हुँदा ज्योतिषीले जातकलाई चाँदीधारण, चाँदी दान आदि गराएर चन्द्रलाई शुभ प्रभावी बनाउँदछन् । यसैकारण संस्कृत साहित्यले चाँदीलाई चन्द्रकान्ति, चन्द्रभूति, चन्द्रलोहकम्, चन्द्रलोहम्, चन्द्रलौहकम्, चन्द्रहासः आदि शब्दहरूद्वारा परिभाषा गरेको पाइन्छ । संस्कृतिका उक्त शब्दहरूका अगाडि ‘चन्द्र’ शब्द उपस्थित हुनुले चन्द्र र चाँदीका बीचको पर्यायवाचिता र प्रतिस्थापन्नता स्वतः बोध हुन्छ । चाँदीलाई आधुनिक विज्ञानले सिलभर भन्दछ । रसायनशास्त्रका अनुसार सिलभरको पारमाणविक भार १०८ एएमयु हुन्छ । यसबाट ज्योतिषशास्त्र र संस्कृत साहित्यले हजारौँ वर्षअघि उपरोक्त शब्द निर्माण गर्दा चा“दीको पारमाणविक भार बारेको ज्ञानसमेत राखी उपरोक्त शब्दहरूका अगाडि ‘चन्द्र’ शब्द राखी अन्य शब्द निर्माण गरेको समेत बुझिन्छ ।
ट) सूर्यको तापको रहस्य भन्नु नै थर्मोर् न्युक्लियर प्रतिक्रिया हो । सूर्यमा थर्मोन्यूक्लियर प्रतिक्रिया हुँदा हाइड्रोजन तत्व हिलीयम तथा अन्य तत्वहरूमा सम्मिश्रण तथा परिवर्तन हुन्छ । हाइड्रोजन, हिलियमलगायत विभिन्न तत्वहरू आपसमा सम्मिश्रण हुँ दा त्यहँ घर्षण, टकराव र प्रतिक्रियालगायतका कारणबाट ताप उत्पन्न हुने तथा विष्फोटन हुने गर्दछ । यसर्थ विज्ञानका अनुसार सूर्यको तापको प्राथमिक एवं मूल कारण र रहस्य भनेको हाइड्रोजन हो । जसरी अक्सिजनले कुनै कुरालाई बाल्न मद्दत गर्दछ, त्यसैगरी हाइड्रोजन चाहि“ आफैं बल्ने गर्दछ । आफैं बल्नु हाइड्रोजनको प्रोपर्टी हो । हाइड्रोजनको पारमाणविक भार करिब १.००७८४ एएमयु हुन्छ । यसलाई हामी करिब १.००८ भन्न सक्दछौं । न्यूमेरोलोजीको डिजिटल रुटको नियमानुसार १.०८, १.००८, ०.१००८, १०.८, १०८०, १०८०० आदि सबै भनेको अन्ततः १०८ कै गणितीय स्थिति हो । कारण यी सबै अंकहरूको डिजिटल रूट ९ हुन्छ । यसर्थ सूर्यको प्रमुख तत्व हाइड्रोजनको पारमाणविक भार पनि १०८ स“ग तादत्म्यता राख्दछ ।
ठ) पृथ्वीलगायत पूरै बह्माण्डलाई आवश्यक पर्ने प्रकाश सूर्यबाट प्राप्त हुन्छ । प्रकाशको गति प्रतिघण्टा १,०८,००,००,००० किलोमिटर हुन्छ । यसलाई गणितशास्त्रले १०८ह्१०७ अथवा १.०८ह्१०९ भनेर व्यक्त गर्दछ । यसमा पनि १०८ को उपस्थिति रहेको पाइन्छ ।
ड) एउटा स्वस्थ्य मानिसको शरीरको तापक्रम सामान्यतयाः ३६. ̊ सेल्सियस (ऋ) अर्थात् ९७ ̊ फरेनहाइट हुन्छ । कतिपय रोग लाग्दा त्यसको एक प्रमुख लक्षणको रूपमा शरीरको तापक्रम ९७ ̊ फरेनहाइटभन्दा बढेर माथि जान्छ । यसरी शरीरको तापक्रम ३६.१ ̊ सेल्सियस अर्थात् ९७ ̊ फरेनहाइड भन्दा बढेर माथि जानुलाई ज्वरो आएको भनिन्छ । ज्वरो बढ्दै जाने अधिकतम सीमा सामान्यतया १०८ ̊ फरेनहाइट हुन्छ । शरीरको तापक्रम १०४ ̊ फरेनहाइटमा आइपुग्दा नै मानिसको स्वास्थ्य असामान्य र चिन्ताजनक स्थितिमा प्रवेश गरिसकेको हुन्छ । १०८ ̊ फरेनहाइडको स्तरसम्म शरीरको तापक्रम बढेमा मानिसको तत्काल मृत्यु हुन सक्दछ ।
सूर्य, चन्द्र र मानव शरीरसँग प्रत्यक्ष सम्बन्धित १०८ अंकको उपस्थिति र विद्यमानतासम्बन्धी तथ्य र प्रमाणहरू अरू पनि धेरै छन् । उल्लेखित तथ्य केही प्रतिनिधिमूलक प्रमाणमात्र हुन् ।
मानिसले आफ्नो उत्पत्ति, जीवन, अस्तित्व र क्रियाकलापका अनेक पक्षहरूमा उपरोक्तानुसार १०८ को उपस्थिति, भूमिका, तादात्म्यता र क्रियाशीलतालाई मनोयोग लगायतका विभिन्न मार्ग र उपायबाट अन्तर्बोध गर्न सकेकाले नै सृष्टिका रचनाकार परमात्मा, ईश्वर, भगवान पनि १०८ मय हुन्छ र मानव जीवनको चरम एवं परम लक्ष्य र उद्देश्य पनि त्यही सर्वश्रेष्ठ तर लुकेर, छुपेर रहेको ईश्वरलाई प्राप्त गर्ने हुनुपर्दछ भन्ने चिन्तन निष्कर्षमा पुगेको हो । यसर्थ १०८ लाई हामी साक्षात् परमात्मा वा जीवनको चरम लक्ष्य र उद्देश्य भनेर बुझ्न सक्दछौं । अतः १०८ को गणित र तथ्यांक रहस्यलाई बोध गरेपछि आजकल गणितज्ञ र वैज्ञानिकहरू स्वयं यसो भन्न लागेका छन्, ‘गणित त्यो भाषा हो जसको माध्यमबाट ईश्वरले ब्रह्माण्ड लेख्नुभएको छ ।’
सनातन एवं वैदिक वांमयहरूले मानव जीवनको चरम एवं परम् लक्ष्य र उद्देश्यअन्तर्गत परमात्मतत्व, ईश्वरतत्व, भगवद्तत्वका सम्बन्धमा तीनवटा आयाम र दृष्टिकोणलाई प्रतिपादन गरेका छन् । ती तीन आयाम, दृष्टिकोण र मतहरू भनेका १, ० र ८ हुन् । १ लाई ज्ञान, ० लाई पूर्ण ज्ञान र ८ लाई अनन्त ज्ञान भनेर बुझ्ने गरिन्छ । १, ० र ८ को समुच्चय हुँदा १०८ बन्दछ । १०८ भनेको परम ज्ञानको स्थिति पनि हो । यी तीन आयामलाई (१) ब्रह्मापरक मत अर्थात् १, (२) शून्यपरक मत अर्थात् ० र (३) कालपरक मत अर्थात् ८ भनिन्छ । यसरी उपरोक्त तथ्यहरूको रोहमा हेर्दा परमात्मा र उनको चराचर सृष्टि १०८ मय भएको पाइन्छ । (लेखक डिपी आत्रेय अस्तित्व व्यवस्थापन शास्त्रका प्रणेता हुनुहुन्छ ।)







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच