मड्रिड । साबिक विजेता बार्सिलोना स्पेनिस कोपा डेल रेको सेमिफाइनलबाटै बाहिरिएको छ । क्याम्प नोउमा भएको दोस्रो लेगमा घरेलु टोली बार्सिलोना विजयी भए पनि समग्रमा एटलेटिको मड्रिडसँग ४-३ ले पराजित हुँदै बार्सिलोना सेमिफाइनलबाटै बाहिरिएको हो । दोस्रो लेगमा बार्सिलोनाले ३-० को सहज जित निकालेको थियो । तर, पहिलो लेग ४-० ले गुमाएको बार्सिलोनाका लागि त्यो पर्याप्त बन्न सकेन ।
दोस्रो लेगमा बार्सालाई जित दिलाउन मार्क बर्नलले २ तथा राफिन्हाले १ गोल गर्नुभयो । खेलको २९औँ मिनेटमा बर्नलको गोलमार्फत् बार्सिलोनाले अग्रता लिएको थियो । उहाँले लामिन यामलको क्रसलाई वान टचमै पोष्टको दिशा दिनुभएको थियो । पहिलो हाफको इन्जुरी समयमा रोफिन्हाले पेनाल्टीमार्फत् टोलीको अग्रता दोब्बर बनाउनुभयो ।
७२औँ मिनेटमा बर्नलले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्नुभयो । समग्र जितसँगै एट्लेटिको मड्रिड भने फाइनलमा प्रवेश गरेको छ । एट्लेटिको सन् २०१३ पछि पहिलोपटक कोपा डेल रे फाइनलमा पुगेको हो । अब फाइनलमा एट्लेटिकोले रियल सोसिडाड वा एथ्लेटिक बिल्बाओमध्ये एकसँग प्रतिस्पर्धा गर्नेछ । एजेन्सी







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि