काठमाडौं । मेटलाइफ नेपालले आफ्नो देशव्यापी पहुँच विस्तार गर्दै गण्डकी प्रदेशको स्याङ्जा र लुम्बिनी प्रदेशको चन्द्रौटामा दुई नयाँ एजेन्सी कार्यालय उद्घाटन गरेको छ । उक्त विस्तारले विश्वसनीय बीमा सुरक्षा सेवा देशभर सहज रूपमा उपलब्ध गराउने मेटलाइफ नेपालको प्रतिबद्धतालाई थप मजबुत बनाएको छ । कम्पनीका अनुसार, नयाँ कार्यालयहरूको सञ्चालन मेटलाइफ नेपालको वित्तीय सुरक्षालाई व्यक्ति, परिवार तथा व्यवसायसम्म अझ नजिक पुर्याउने निरन्तर प्रयासको अर्को महत्वपूर्ण उपलब्धि हो । स्याङ्जा र चन्द्रौटामा सेवा विस्तारसँगै अब त्यहाँका ग्राहकले बीमासम्बन्धी परामर्श, व्यावसायिक सहयोग तथा सहज सेवा सुविधा लिन टाढाका शहर धाउनुपर्ने आवश्यकता रहने छैन । स्याङ्जा र चन्द्रौटा कार्यालयले बीमा परामर्श, प्रस्ताव दर्ता सहयोग, प्रिमियम संकलन तथा ग्राहक सेवा सहयोगलगायतका सम्पूर्ण बीमा सेवा प्रदान गर्नेछन् । मेटलाइफ नेपालको व्यावसायिकता र ग्राहककेन्द्रित सेवामा विशेष ध्यान दिँदै उल्लेखित कार्यालयहरूले स्थानीयस्तरमै गुणस्तरीय सेवा सुनिश्चित गर्ने कम्पनीले जनाएको छ ।
स्थानीय उपस्थितिमार्फत् मेटलाइफ नेपालले ग्राहकसँग अझ गहिरो सम्बन्ध निर्माण गर्दै दीर्घकालीन वित्तीय सुरक्षाको योजना बनाउन व्यापक समुदायलाई सहयोग पुर्याउने लक्ष्य राखेको जनाएको छ । सो अवसरमा मेटलाइफ नेपालका जेनेरल मेनेजर निर्मलकाजी श्रेष्ठले भन्नुभयो, ‘एजेन्सी कार्यालयहरूको विस्तारमार्फत् हामी थप नेपालीलाई आत्मविश्वासी भविष्य निर्माण गर्न सहयोग गर्ने मेटलाइफ नेपालको उद्देश्यसँग समन्वय गर्दैछौं । विश्वसनीय बीमा समाधानमा सहज पहुँच हुँदा स्थानीय समुदायले सूचित निर्णय लिन र आर्थिक रूपमा अझ सबल बन्न सक्ने विश्वास हामी राख्दछौं ।’ कम्पनीका अनुसार, नयाँ कार्यालयहरू मेटलाइफ नेपालको देशव्यापी पहुँच विस्तार गर्ने दीर्घकालीन रणनीतिका हिस्सा हुन् । जसले नेपालका जुनसुकै स्थानमा बसोबास गर्ने नागरिकलाई पनि सुरक्षा र मानसिक शान्ति सहज रूपमा उपलब्ध गराउने प्रतिबद्धतालाई पुनः पुष्टि गर्छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि