काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) पोर्चुगलको आयोजनमा परिचयात्मक तथा ओहोदा प्रमाणपत्र वितरण एक विशेष समारोह र संस्कृतिक कार्यक्रमसहित सम्पन्न भएको छ । पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेलको प्रमुख आतिथ्यता र इनास पोर्चुगल राष्ट्रिय समितिका अध्यक्ष नृपध्वज खत्री ‘निरिप’को सभापतित्वमा सम्पन्न भएको हो ।
विशिष्ट अतिथिका रूपमा इनास ग्लोबल अध्यक्ष अर्जुन काफ्ले तथा एनआरएनए पोर्चुगलका संस्थापक अध्यक्ष पूर्ण हमालको उपस्थिति रहेको कार्यक्रममा पोर्चुगलमा क्रियाशील करिब ६० वटा संघसंस्थाका पदाधिकारी, व्यवसायी, पत्रकार तथा विशिष्ट व्यक्तित्वहरू सहभागी भएका थिए ।
कार्यक्रमको सञ्चालन इनास पोर्चुगलका ग्लोबल समिति प्रतिनिधि सुनिल गिरीले गर्नुभएको थियो भने इनास पोर्चुगलका महासचिव हरि सिलवालले स्वागत मन्तव्य व्यक्त गर्दै कार्यक्रमलाई औपचारिक रूपमा अगाडि बढाउनुभएको थियो । सो अवसरमा इनास राष्ट्रिय समिति पोर्चुगलका पदाधिकारीहरूलाई ग्लोबल अध्यक्ष अर्जुन काफ्लेले पद तथा गोपनीयताको सपथ गराउनुभएको थियो ।
प्रमुख अतिथिबाट ओहदाको प्रमाणपत्र वितरण गरिएको कार्यक्रममा अर्जुन काफ्लेले कार्यसमिति परिचयपत्र हस्तान्तरण गर्नुभएको थियो भने पूर्ण हमालले खादा ओढाएर सम्मान गर्नुभएको थियो । समितिका सल्लाहकार सज्जन हमाल ठकुरीले टीका लगाइ बधाई ज्ञापन गर्नुभएको थियो । साथै सल्लाहकारहरू सज्जन हमाल ठकुरी, भवेश बस्नेत, दुर्गा पंगेनी तथा सुनिल गिरीलाई ओहदाको प्रमाणपत्र वितरण गरिएको थियो ।
कार्यक्रममा सांस्कृतिक प्रस्तुतिहरूले विशेष आकर्षण थपेका थिए । कलाकार बीपना कँडेल, सजना विश्वकर्मा, सीम्रल गुरुङ र मनस्वी बराइलीले गुरुङ ठाडो भाकामा स्वागत नृत्य प्रस्तुत गर्नुभएको थियो भने कार्यसमितिका उपाध्यक्ष सन्तोष अधिकारीले स्वागत गीत प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी सन्नी शाही, किरण श्रेष्ठ ‘रिया’ र मोना चाम्लिङ राईले मौलिक नृत्य प्रस्तुत गर्नुभएको थियो ।
सुदूरपश्चिम समाज पोर्चुगलका अध्यक्ष दिपेश विक्रम विष्टले शुभकामना मन्तव्य दिँदै प्रवासमा रहेपनि नेपाली कला, संस्कृति र परम्पराको संरक्षणमा सबैले हातेमालो गर्नुपर्नेमा जोड दिनुभयो ।
लोक गायिका गीता रेउले, गीता लामा र रितिका कुँवरले मौलिक दोहोरी गीत प्रस्तुत गरी वातावरणलाई संगीतमय बनाउनुभएको थियो भने गायक विप्लब खड्काले आफ्नो प्रस्तुतिमार्फत दर्शकलाई नचाउँदै कार्यक्रमलाई थप रोचक बनाउनुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै पूर्ण हमालले इनास पोर्चुगलका आगामी हरेक गतिविधिमा आफ्नो साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रमुख अतिथि प्रकाशमणि पौडेलले नेपालका विविधकला, भाषा र साहित्यलाई विश्वमञ्चमा परिचित गराउने महत्वपूर्ण माध्यमका रूपमा इनास पोर्चुगलले भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रमका सहभागी कलाकारहरूलाई इनास फ्रान्सका अध्यक्ष आभाष आचार्यले कदरपत्र प्रदान गर्नुभएको थियो । कार्यक्रमको अन्तयमा सभाध्यक्ष नृपध्वज खत्रीले उपस्थित सम्पूर्ण अतिथि तथा सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गर्नुभएको थियो ।
प्रवासमा नेपाली कला, संस्कृति र साहित्यको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रमले पोर्चुगलस्थित नेपाली समुदायबीच एकता र सहकार्यको सन्देश प्रवाह गरेको आयोजकले जनाएको छ ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि