काठमाडौं । ज्ञानेन्द्र विवशको नयाँ कृति निबन्धसंग्रह ‘इन्द्रेणी सौन्दर्य’ सार्वजनिक गरिएको छ । उक्त कृतिलाई सुन्दर स्वदेश प्रकाशनले पाठकमाझ ल्याएको हो । यस निबन्धसंग्रहमा जीवनका विविध आयाम, प्रकृति, यात्रा, अध्यात्म, जन्म-मरण, सुख-दुःखलगायत विषयमा लेखकका अनुभूति र चिन्तन अभिव्यक्त छन् ।
अग्रज निबन्धकार तथा समालोचक माधवप्रसाद पोखरेलका अनुसार संग्रहका निबन्धलाई सात भागमा वर्गीकरण गर्न सकिन्छ- यात्रा, दृश्य/दृष्टि, अनुभूति, स्मृति, फुर्सद, सौन्दर्यकेन्द्रित र विविधा । उहाँका अनुसार सबै निबन्धको मूल विषय कुनै न कुनै पक्षको ‘सौन्दर्य’ नै हो, जसले कृतिलाई एक सूत्रमा बाँधेको छ ।
कृतिबारे लेखक विवशले भन्नुहुन्छ, ‘इन्द्रेणी सौन्दर्य’ मेरो अनुभूतिको अभिलेखन हो- मनले देखेका, ह्दयले महसुस गरेका र कानले सुनेका जीवनका सूक्ष्म तरंगहरूको शब्द-रूप । यस संग्रहमा मैले देखेका, पढेका र भोगेका विविध अनुभूतिलाई निबन्धको स्वरूपमा अभिव्यक्त गर्ने प्रयास गरेको छु । यी लेख मेरा निजी विचार, मनका तरंग, समयका छाप र जीवनसँगको निरन्तर संवादका प्रतिध्वनि हुन् ।’ विवशका यसअघि ६ निबन्धसंग्रह, तीन नियात्रासंग्रह र पाँच जीवनीकृति प्रकाशित भइसकेका छन् ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि