काठमाडौं । नेपाली भाषासाहित्यको पठनपाठन, अनुसन्धान तथा सिर्जनात्मक संवर्धनमा समर्पित दुईजना प्राध्यापकलाई मरणोपरान्त ‘नइ प्रज्ञा पुरस्कार’ प्रदान गरिने भएको छ । नइ एकेडेमीका कुलपति श्रीमती इन्दिरा प्रसाईंको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
नइ एकेडेमीले ‘नेपाल-भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’को अवसरमा प्राडा.ताराकान्त पाण्डे र प्रा.खेमराज जोशीलाई यो सम्मान प्रदान गर्ने निर्णय गरेको हो । पुरस्कारका राशि प्रत्येकलाई पचास पचास हजार रुपैयाँ निर्धारण गरिएको छ ।
सम्मेलन २०८२ साल चैत २७, २८ र २९ गते हुने बताइएको छ । उक्त अवसरमा प्राध्यापकका पत्नी वा अन्य उत्तराधिकारीलाई पुरस्कार समर्पण गरिने नइ एकेडेमीका सदस्यसचिव नरेन्द्रराज प्रसाईंले जानकारी दिनुभयो ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि