जुम्ला । जुम्लामा हालसम्म १४ हजार ७२० मत खसेको छ । मुख्य निर्वाचन अधिकृतकाे कार्यालय जुम्लाका सहायक निर्वाचन अधिकृत हरिकृष्ण तिमिल्सिनाकाअनुसार यहाँका ११० वटै मतदान केन्द्रमा शान्तिपूर्ण तरिकाले मतदान सुरु भएकाे छ। कुल मतदाताकाे ११ बजेसम्म महिला र पुरुष गरि २० प्रतिशत मत खसेको छ ।
बिहानैदेखि विभिन्न मतदान केन्द्रहरूमा मतदाताहरू उत्साहपूर्वक लाइनमा बसेर मतदान गरिरहेका जिल्ला निर्वाचन कार्यालय जुम्लाका प्रमुख दिपेन्द्र कंडेलले जानकारी दिनुभयो । निर्वाचनका लागि जिल्लाभर ११० वटा मतदान र ८५ वटा मतदानस्थल कायम गरिएको छ । ६५४ जना कर्मचारी परिचालन भएकाे जिल्ला निर्वाचन कार्यालय जुम्लाका निर्वाचन अधिकारी दिपेन्द्र कंडेलले जानकारी दिनुभयो ।
जिल्लामा कुल मतदाता ७१ हजार ७३९ जना रहेको निर्वाचन कार्यालय जुम्लाले जनाएको छ । एक स्वतन्त्रसहित नौवटा विभिन्न राजनीतिक दलका उम्मेदवार गरी जम्मा १० जना उम्मेदवार चुनावी प्रतिस्पर्धीमाछन् ।
जसअनुसार नेकपा एमालेका शान्तिलाल महत, नेपाली कम्युनिस्ट पार्टीका नरेश भण्डारी, नेपाली कांग्रेसका उम्मेदवार दिप बहादुर शाही,राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ज्ञानेन्द्र शाही, राष्ट्रिय स्वतन्त्र पार्टीका विनिता कठायत, प्रगतिशील लोकतान्त्रिक पार्टीका मनऋषि धिताल, नेकपा (माओवादी) का बिर्खबहादुर शाही र स्वतन्त्र उम्मेदवार भक्तबहादुर रावल,नेपाल जनता पार्टीका रनिल विक्रम शाही र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का उम्मेदवार बिर्खबहादुर रावलले निर्वाचनमा भाग लिएका छन् ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि