रोल्पा । बिहिवार भइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा रोल्पामा दिउँसो १:१० बजे सम्म २६.४ % मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालय रोल्पाले जानकारी दिएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय रोल्पाकाअनुसार निर्वाचन आयोगको निर्धारित समयअनुसार बिहान ७ बजे देखी नै मतदान कार्य शुरु भएको र जिल्लाका सबै मतदान केन्द्रहरुमा मतदानका लागि मतदाताहरु उत्साहजनक रूपमा उपस्थिति रहेको र स्वच्छ, निस्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा मतदान कार्य भैरहेको बताइएको छ ।
रोल्पामा ८६ वटा मतदान स्थल र १ सय ८२ वटा मतदान केन्द्र रहेका छन् भने कुल एक लाख उनन्चास हजार पाँच सय सन्तानब्बे मतदाता रहेका छन् । एउटा मात्र प्रतिनिधि सभा सदस्य पदको निर्वाचन क्षेत्र रहेको रोल्पामा ठुला तथा साना राजनितिक दलका दस जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छ्न् ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि