भोजपुर । भोजपुर कारागारमा रहेका ४६ जना कैदीवन्दीले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान गरेका छन् ।
कारागारमा रहेका ४७ जना पुरुष कैदीवन्दी मध्ये ४६ जनाले मतदान गरेको कारागारमा रहेको अस्थायी मतदान केन्द्र (क) का मतदान अधिकृत केशव प्रसाद खनालले जानकारी दिनुभयो । कैदीवन्दीले समानुपातिक मतदान गरेका हुन् ।
भोजपुर कारगारमा दुई वटा मतदान केन्द्र कायम छन । जसमा (ख) तर्फ कर्मचारीहरुका लागि समानुपातिक केन्द्रको कुल मतदाता संख्या एक हजार सात सय ९३ रहेको मतदान अधिकृत रेणुका राईले जानकारी दिनुभयो । उक्त केन्द्रमा अहिलेसम्म ३१ जना पुरुष र ३ जना महिलाले मतदान गर्नु भएको छ । उक्त केन्द्रमा सहायक र सहयोगी कर्मचारी पनि महिलाहरुबाट मात्र हुनुहुन्छ ।
केहीबेर अगाडीसम्मको तथ्यांकअनुसार जिल्लामा करिव ११ प्रतिशत मतदान भएको छ । भोजपुरमा कुल मतदाता संख्या एक लाख २५ हजार सात सय २३ जना रहेको छ । ८७ मतदानस्थल, दुई अस्थायी र एक सय ५९ वटा स्थायी मतदान केन्द्र कायम छन ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि