काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकार गठनको प्रारम्भिक चरणमा आशंका र विरोध गर्नेहरू नै अहिले सरकारको काम देखेर विश्वास गर्न थालेको बताउनुभएको छ।
सार्वजनिक जिम्मेवारीमा रहँदा शंका र विश्वास दुवै हुनु स्वाभाविक रहेको उल्लेख गर्दै उहाँले निरन्तर संवादमार्फत सरकार आलोचकहरूलाई पनि विश्वासमा लिन सफल भएको दाबी गर्नुभयो।
गृहमन्त्री अर्यालले प्रदेशस्तरीय सुरक्षा गोष्ठीहरूमा विभिन्न दलका मुख्यमन्त्री र आन्तरिक मामिला मन्त्रीहरूले देखाएको सद्भाव र सहयोगले सरकारको मनोबल अझ बलियो बनेको बताउनुभयो। उहाँका अनुसार निर्वाचनलाई सफल बनाउन प्रदेशस्तरबाट प्राप्त सहयोगले विश्वासको वातावरण निर्माण गर्न महत्वपूर्ण भूमिका खेलेको छ।
देशले विगतमा ठूलो हिंसा र राष्ट्र नै जोखिममा पर्ने अवस्था देखिसकेको स्मरण गराउँदै उहाँले त्यस्तो परिस्थितिलाई रोक्न र मुलुकलाई सामान्य अवस्थातर्फ लैजान विधिको शासन तथा कानूनी राज्यको पुनर्बहाली आवश्यक रहेको बताउनुभयो। त्यसका लागि निर्वाचन अपरिहार्य रहेको र सरकार त्यसलाई सफलतापूर्वक सम्पन्न गराउन सफल भएको उहाँको भनाइ छ।
उहाँले सुरक्षाको प्रत्याभूति र निष्पक्ष निर्वाचन गराउने प्रतिबद्धता सरकारले व्यवहारमै देखाएपछि सुरुमा शंका गर्ने पक्षहरू पनि निर्वाचन सफल बनाउन सहमत भएको उल्लेख गर्नुभयो।
गृहमन्त्री अर्यालले निर्वाचन सम्पन्न भइसकेपछि संविधानको पूर्ण पुनर्बहाली हुने, संवैधानिक अंगहरू सुचारु हुने तथा त्यसपछि सुशासन, सेवा प्रवाह र समृद्धिको बाटो खुल्ने विश्वास व्यक्त गर्नुभयो।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि