काठमाडौं । नेपाली लोकरक संगीतको पहिचान बोकेको ब्याण्ड ‘नेपथ्य’ले आगामी अप्रिल महिनामा क्यानडामा सांगीतिक यात्राको घोषणा गरेको छ । नेपाली लोकधुन र आधुनिक रकको अद्वितीय संगम प्रस्तुत गर्दै आएको यो ब्याण्डले ‘नेपथ्य क्यानडा लाइभ कन्सर्ट २०२६’ शीर्षकमा तीन शहर समेट्ने सांगीतिक टूर आयोजना गर्न लागेको हो । विदेशमा बसोवास गर्ने नेपाली समुदाय र अन्तर्राष्ट्रिय संगीतप्रेमीहरूलाई लक्षित गर्दै आयोजना गर्न लागिएको यो कार्यक्रमले नेपाली संगीतको स्वरलाई क्यानडाको आकाशमा फेरि एकपटक गुञ्जाउने अपेक्षा गरिएको छ ।
लोकधुनको आत्मा र आधुनिक संगीतको ऊर्जा बोकेको नेपथ्यको यो नयाँ क्यानडा टुरले नेपाली संगीतको स्वरलाई फेरि एकपटक अन्तर्राष्ट्रिय मञ्चमा गुञ्जाउने विश्वास गरिएको छ ।
यस सांगीतिक यात्राको पहिलो प्रस्तुति १० अप्रिल, शुक्रबार क्यानडाको ग्रेटर सडबरीमा हुनेछ । त्यहाँस्थित सडबरी कम्युनिटी एरिनामा आयोजना हुने उक्त कन्सर्टबाट ब्याण्डले आफ्नो टूरको औपचारिक सुरुआत गर्नेछ । लोकधुनको मिठास र रक संगीतको ऊर्जालाई एकै मञ्चमा प्रस्तुत गर्दै नेपथ्यले आफ्ना चर्चित गीतहरूमार्फत दर्शकलाई पुराना सम्झना र नयाँ अनुभूतिहरूको यात्रामा लैजाने तयारी गरिरहेको जनाइएको छ ।
टूरको दोस्रो प्रस्तुति १३ अप्रिल, सोमबार टोरोन्टो मा हुनेछ । त्यहाँको ऐतिहासिक सांस्कृतिक स्थल क्विन रानी एलिजाबेथ थिएटरमा हुने यो कार्यक्रम क्यानडास्थित नेपाली समुदायका लागि विशेष प्रतीक्षित मानिएको छ । क्यानडामा बसोवास गर्ने हजारौँ नेपालीहरूका लागि नेपथ्यको प्रस्तुति केबल मनोरञ्जनमात्र नभई मातृभूमिको संगीतसँग पुनः जोडिने भावनात्मक अवसर पनि बन्ने अपेक्षा गरिएको छ ।
यसैगरी, टूरको तेस्रो तथा अन्तिम प्रस्तुति १८ अप्रिल, शनिबार लण्डनमामा हुनेछ । त्यहाँको चर्चित सांगीतिक स्थल लण्डन म्युजिक हलमा आयोजना हुने कन्सर्टले यो सांगीतिक यात्राको समापन गर्नेछ । ब्याण्डले तीनै शहरमा आफ्ना लोकप्रिय गीतसहित ऊर्जा र उत्साहले भरिएको प्रस्तुति दिने तयारी गरेको जनाएको छ ।
आयोजकका अनुसार दर्शकहरूले नेपथ्यको आधिकारिक वेबसाइटमार्फत कन्सर्टका टिकटहरू खरिद गर्न सक्नेछन् । कार्यक्रमका लागि क्यानडास्थित नेपाली समुदायमा उत्साह र प्रतीक्षाको माहोल देखिन थालेको बताइएको छ ।
यसअघि पनि नेपथ्यले अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपाली संगीतको पहिचानलाई मजबुत बनाउँदै आएको छ । करिब दुई वर्षअघि ब्याण्डले क्यालगरी, भ्यानकुभर र पुनः टोरोन्टोमा सफल प्रस्तुति दिएको थियो । ती कार्यक्रमले प्रवासी नेपालीहरूबीच गहिरो उत्साह र भावनात्मक सम्बन्ध सिर्जना गरेका थिए ।
लोकधुनको आत्मा र आधुनिक संगीतको ऊर्जा बोकेको नेपथ्यको यो नयाँ क्यानडा टूरले नेपाली संगीतको स्वरलाई फेरि एकपटक अन्तर्राष्ट्रिय मञ्चमा गुञ्जाउने विश्वास गरिएको छ । संगीतप्रेमी नेपालीहरूका लागि यो केवल कन्सर्टमात्र नभएर माटोको सुगन्ध, स्मृति र सांस्कृतिक पहिचानसँग पुनः भेट हुने एउटा भावनात्मक उत्सव बन्ने अपेक्षा गरिएको छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि