काठमाडौं । योगी नरहरिनाथको ११२औं जन्मजयन्तीको अवसरमा योगी नरहरिनाथ अध्ययन केन्द्रले कविता वाचन कार्यक्रम आयोजना गरेको छ । काठमाडौं-१४, वासुकीचौरमा सम्पन्न उक्त कार्यक्रममा योगीको राष्ट्रभाव, इतिहास, साहित्य, धर्म, संस्कृति र भाषाप्रतिको योगदानलाई कवितामार्फत स्मरण तथा सम्मान गरिएको थियो ।
कार्यक्रम काठमाडौं महानगरपालिका-१४ का अध्यक्ष सुमन श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । अतिथिहरूमा गुरु गोरक्षणनाथ फाउन्डेसनका अध्यक्ष डा.सुझेन्द्र गुप्ता, साहित्यकार उत्तर निरौला, वासुकीचौर गोरक्षपीठका अध्यक्ष भेषनारायण दाहाल तथा गुरु मित्रमणि खनाललगायतको उपस्थिति थियो । अध्ययन केन्द्रकी आर्सी ढकालले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन केन्द्रका उपाध्यक्ष एवं साहित्यकार राजु झल्लु प्रसादले गर्नुभएको थियो ।
कार्यक्रममा राष्ट्रगुरुको बहुआयामिक व्यक्तित्वमाथि प्रकाश पार्दै सुवास भट्टराई, पविन रोगी, नविन ठगुन्ना, भारत भट्टराई, अर्जुन भुसाल, तारानाथ पराजुली, प्रकृति काफ्ले, जीवेश रेग्मी, रविना कँडेल, देवेन्द्र पौडेल, राग पौडेल, डा.शुभेन्द्र गुप्ता, मिसन अधिकारी, लक्ष्मी पौडेल, अशोक बोहोरा, समिन बरुवाल, योगेश्वरी मीना, कृतिका कोइराला, प्रतिज्ञा अधिकारी, मनिष ढकाल, प्रमोद भण्डारी, मिलन वली, तपेन्द्र बोहोरा, धनु सिंह ठकुरी, सुजन काफ्ले र प्रितम बस्नेतलगायत स्रष्टाहरूले कविता वाचन गर्नुभएको थियो ।
केन्द्रका अध्यक्ष गोभिन विष्टका अनुसार राष्ट्रगुरु योगीको योगदान संरक्षण गर्दै उहाँका आदर्शलाई व्यवहारमा लागू गर्ने उद्देश्यले अध्ययन केन्द्र स्थापना गरिएको हो । योगी नरहरिनाथले इतिहास लेखन, लिपि, भूगोल, खनिज, वनस्पति, विभिन्न जातिको वंशावली, योग तथा आयुर्वेदमा उल्लेखनीय योगदान पुर्याउनुभएको थियो ।
विसं १९७१ फागुन १७ गते कालिकोटको लालु चाँखामा जन्मनुभएका योगीको विसं २०५९ फागुन १३ गते पशुपति मृगस्थलीमा निधन भएको थियो । अध्ययन केन्द्रले यसअघि ‘इतिहास संवाद’ र ‘सदाचार संवाद’ जस्ता कार्यक्रमहरू आयोजना गर्दै आएको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि