भक्तपुर । भक्तपुरका दुवै क्षेत्रमा आजदेखि मतगणना गरिने भएको छ । भक्तपुर क्षेत्र नं १ को मतगणना खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणमा र क्षेत्र नं २ को मतगणना मध्यपुरथिमिको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा मतगणनाको तयारी भइरहको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो ।
जिल्लाका सबै मतदान केन्द्रबाट मुचुल्का बनाएर मतपेटिका सम्बन्धित मतगणनास्थलमा ल्याउने काम सकिएको उल्लेख गर्दै उहाँले सर्वपक्षीय बैठक बसी मतगणना सुरू गरिने बताउनुभयो । मतगणना हुने दुवै स्थानमा तारजाली, सिसी क्यामेरासहितको सुरक्षित रुपमा व्यवस्थापन गरिएको छ । दुवै मतगणनास्थलमा एकैपटक चार/चार पकेटमा मतगणना गर्नेगरी तयारी गरिएको छ ।
भक्तपुरका दुई निर्वाचन क्षेत्रका ७६ मतदानस्थलका २३३ मतदान केन्द्रमा कूल ७१ द्यशमलव ४६ प्रतिशत मतदान भएको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि