काठमाडाैं । आईसीसी टी-20 विश्वकपको दोस्रो सेमीफाइनलमा भारतले इंग्ल्याण्डलाई २५४ रनको चुनौती दिएकाे छ ।
मुम्बईको वानखेड़े रंगशालामा भएको खेलमा भारतले पहिले ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाएर २५३ रन बनायो।
भारतका लागि संजू सैमसनले ४२ बलमा ८९ रनको शानदार पारी खेले। साथै, ईशान किशनले ३९ रन र शिवम दुबेले ४३ रनको योगदान दिए।
हार्दिक पंड्याले २६ रन बनाउँदै टिमलाई २५० रनभन्दा माथि पुर्याउन महत्वपूर्ण भूमिका खेले।
भारतीय ब्याट्सम्यान अगाडि इंग्ल्याण्डका बलर कमजोर देखिए। जोफ्रा आर्चरले ४ ओभरमा ६९ रन खर्च गरे तर मात्र एक विकेट लिए।
विल जैक्स र आदिल रशीदले दुई-दुई विकेट लिए।
टस हारेर ब्याटिङ सुरु गरेको भारतका लागि संजू सैमसन र अभिषेक शर्माले जोडी बनाएर पहिलो ओभरमा १२ रन जोडे र राम्रो सुरुवात दिलाउने प्रयास गरे।
तर, दोस्रो ओभरको अन्तिम बलमा विल जैक्सले अभिषेक शर्माको विकेट लिए। अभिषेकले केवल ९ रन बनाएर आउट भए।
संजू सैमसन शतक बनाउन असफल भए पनि उनको ८९ रनको पारी भारतको उच्च स्कोरमा महत्वपूर्ण रह्यो।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि