रोल्पा । रोल्पामा प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना शुक्रबार बिहान १० बजेपछि सुरु हुने भएको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय रोल्पाका अनुसार जिल्लाभरका मतपेटिका सदरमुकाम ल्याउने कार्य जारी रहेको छ। शुक्रबार बिहानसम्म सबै मतपेटिका सदरमुकाम आइपुगेपछि सर्वदलीय बैठक बसेर मतगणना कार्य सुरु गरिने बताइएको छ।
बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा रोल्पामा कुल १ लाख ४९ हजार ५९७ मतदाता रहेकोमा ४६।०७ प्रतिशत, अर्थात् ६८ हजार ९१७ मत खसेको जनाइएको छ। एउटा मात्र निर्वाचन क्षेत्र रहेको रोल्पामा ठूला तथा साना दलका गरी १० जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन्।





निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…