चितवन । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर २ को पछिल्लो मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता कायम गर्नुभएको छ ।
हालसम्मको मतपरिणाम अनुसार लामिछानेले ३ हजार ९६३ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अश्मीन घिमिरेले १ हजार ९४७ मत प्राप्त गर्नुभएको छ ।
यसैगरी नेपाली कांग्रेसकी मिना घरेलले १ हजार ७५० मत प्राप्त गर्नुभएको छ भने नेकपाका प्रताप गुरुङले १ हजार ४५४ मत ल्याउनुभएको छ।
हालसम्म कुल ९ हजार ८३५ मत गणना भइसकेको छ भने ४२५ मत बदर भएको छ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि