कालिकोट । एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको कालिकोटमा जारी मतगणनामा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार महेन्द्रबहादुर शाहीले अग्रता कायम राख्नुभएको छ ।
पछिल्लो मतपरिणामअनुसार शाहीले ३ हजार ७३९ मत प्राप्त गर्नुभएको छ । उहाँलाई नेपाली कांग्रेसका उम्मेदवार हर्षबहादुर बमले २ हजार ८०९ मतसहित पछ्याइरहनुभएको छ ।
त्यसैगरी नेकपा (एमाले)का उम्मेदवार नगिन्द्र शाही (नेशनल)ले २ हजार ५६६ मत प्राप्त गरी तेस्रो स्थानमा रहनुभएको छ ।
यस्तै नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले १ हजार ४६२ मत प्राप्त गर्नुभएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रकाश न्यौपानेले ५१२ मत प्राप्त गर्नुभएको छ ।
हालसम्म सार्वजनिक मतपरिणाम पलाँता गाउँपालिका, पचालझरना गाउँपालिका तथा नरहरिनाथ गाउँपालिकाको वडा नम्बर १, २, ३, ४ र ५ सम्मको मतगणना सम्पन्न भएको निर्वाचन कार्यालयले जनाएको छ । नरहरिनाथ ६ मा भने मतगणना जारी रहेको र थप परिणाम क्रमशः सार्वजनिक हुने बताइएकाे छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि