सिन्धुली । जिल्लामा सर्वदलीय बैठक सम्पन्न भएको छ । आज विहान ८ः१५ बजेबाट सुरु भएको बैठक ९ः५० मा सकिएको हो ।
जिल्ला प्रशासन कार्यालय, सिन्धुलीको सभाहलमा बसेको सर्वदलीय बैठकले विहान ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको छ । मुख्य निर्वाचन अधिकृत कमल राज विष्टकाअनुसार जिल्लाको दुवै निर्वाचन क्षेत्रको मतगणना विहान ११ बजेदेखि सुरु हुने छ ।
सिन्धुली निर्वाचन क्षेत्र नं. १ को मुख्य निर्वाचन अधिकृतको कार्यालयको भुईतला र क्षेत्र नं. २ को सोही भवनको दोस्रो तलामा समानान्तर रूपमा ३/३ स्थानबाट मतगणना गरिने छ । उक्त कार्यालय सिन्धुलीको सदरमुकाम सिन्धुलीमाढीस्थित जिल्ला समन्वय समितिको निर्माणधिन भवनमा स्थापना गरिएको थियो ।
सिन्धुली-१ मा फिक्कल गाउँपालिकाबाट मतगणना सुरु गरिने छ , त्यसपछि क्रमशः गोलञ्जोर गाउँपालिका, तिनपाटन गाउँपालिका, दुधौली नगरपालिका हुँदै अन्तिममा कमलामाई नगरपालिकाको वडा नं. ९, १३ र १४ को मतगणना गरिने सर्वदली बैठकको निर्णय छ ।
त्यसैगरी, सिन्धुली-२ को मगणना सुनेकासी गाउँपालिकाबाट सुरु गरिने भएको छ । त्यसपछि क्रमशः घ्याङलेख गाउँपालिका, मरिण गाउँपालिका, हरिहरपुरगढी गाउँपालिका र अन्तिममा कमलामाई नगरपालिकाको मतगणना गरिने छ ।
प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठकाअनुसार जिल्लाका दुई वटै निर्वाचन क्षेत्रमा बिहीबार प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । यसपटक जिल्लामा ५३.५८ प्रतिशत मत खसेको छ । जिल्लाभर रहेका कुल २ लाख १५ हजार १९ मतदातामध्ये १ लाख १५ हजार २१४ जनाले आफ्नो मताधिकार प्रयोग गरेका छन् ।
यसपटक सिन्धुलीका दुई निर्वाचन क्षेत्रमा २८ जना उम्मेदवार चुनावी मैदानमा छन् । यसमध्य प्रतिनिधिसभा सदस्यमा को-को उम्मेदवारले विजय प्राप्त गर्लान् भन्ने उत्सुकताका साथ जिल्लाबासी परिणामको पर्खाइमा छन् ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि