जुम्ला । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत एक मात्रै निर्वाचन क्षेत्र रहेकोे जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का उम्मेदवार ज्ञानेन्द्र शाही अगाडि रहेका छन् ।
राप्रपाका उम्मेदवार शाहीले ५४१ मत प्राप्त गरेका छन् । उनलाई नेपाली कम्युनिस्ट पार्टी ( नेकपा ) का उम्मेदवार नरेश भण्डारीले ४३५ मतले पछ्याइरहेका छन् । यसैगरी काङ्ग्रेसका दीपबहादुर शाहीले १५४ मत र नेकपा एमालेका शान्तिलाल महतले ७२ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत कार्यालय जुम्लाका सहायक निर्वाचन अधिकृत हरिकृष्ण तिमिल्सिनाले जानकारी दिनुभयो ।
यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विनिता कठायतले ९ मत,नेमकिपाका उम्मेदवारले ३ मत र जम्मा खसेको मतमध्ये ३१ मत बदर भएको सहायक निर्वाचन अधिकृत तिमिल्सिनाकाे भनाई छ । अहिले यहाँको कनकासुन्दरी गाउँपालिकाे- १ र २ मा जम्मा १ हजार २४५ मत गणना भएको मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएको छ ।
जिल्लामा कुल मतदाता संख्यामध्ये प्रत्येक्षतर्फ करिब ४० हजार ८९७ अर्थात ५७ प्रतिशत मत खसेको छ । जसमध्ये महिलातर्फ २१ हजार १८५ र पुरुषतर्फ १९ हजार ७१२ जनाले मतदान गरेको निर्वाचन अधिकारी कंडेलको भनाइ छ । समानुपातिकतर्फ ४१ हजार ६३१ अर्थात् ५८ दशमलव ०३ प्रतिशत मत खसेको छ । जिल्लामा कुल मतदाता संख्या ७१ हजार ७३९ जना रहेको निर्वाचन कार्यालय जुम्लाले जनाएको छ । शुक्रबार बिहानैदेखि जिल्लामा मतगणना भइरहेको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि