कैलाली । कैलाली प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ३ को मतगणना सुरु भएको छ । निर्वाचन अधिकृत पुस्कलराज प्रसाईँले यहाँ मतगणना सुरु भएको जानकारी दिनुभयो ।
उहाँका अनुसार कैलारी गाउपालिका-३ बाट मतगणना सुरु भएको छ । यहाँ एक लाख नौ हजार १२२ मतमध्ये ५५ प्रतिशत अर्थात् ६० हजार २९४ मत खसेको थियो ।
यस क्षेत्रमा घोडाघोडी नगरपालिका, भजनी नगरपालिका र कैलारी गाउँपालिका गरी ४५ मतदानस्थल र १४७ मतदान केन्द्र रहेका थिए । यहाँ विभिन्न ११ दलका ११ उम्मेदवारहरू चुनावी मैदानमा हुनुहुन्छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि